

पोर्चुगल — फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको पोर्चुगलमा अप्रिल ६ देखि प्रदर्शन हुने भएको छ।
राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा प्रदर्शनमा आउने चलचित्र पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्टले प्रदर्शनमा ल्याउन लागेको नेल्स इन्टरटेन्मेन्टका सञ्चालक समिर गुरुङले जानकारी दिए।
उक्त चलचित्र पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल ६ आइतबार, अप्रिल ७ सोमबार, अप्रिल ८ मंगलबार र अप्रिल ९ बुधवार गरी चार शोमा चलचित्र प्रदर्शन हुन लागेको हो। चलचित्र रातिको ९ : १५ बजेबाट प्रदर्शन हुने भएको हो । उक्त चलचित्रको टिकेट १२.५० युरो रहेको छ। सो टिकट १२ वर्षभन्दा कम उमेरको व्यक्तिलाई ८ युरो राखेको छ।
‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।
टिकटको लागिको लिङ्कमा क्लिक गरेर लिन सकिने वा दिएको सम्पर्क नम्बरमा +३५१-९२०२८३३१९ सम्पर्क गरी टिकट टिकट लिने व्यवस्था गरेको नेप्स इन्टरटेन्मेन्टले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएको छ।
चलचित्र राजधानी लिस्बन लगायत फारोमा अप्रिल १३ दिउँसो १ बजे र अप्रिल १४ दिउँसो ४ बजे, तविरामा अप्रिल १३ दिउँसो २ बजे, लुलेमा अप्रिल १३ दिउँसो १ बजे र अप्रिल १४ दिउँसो ४ बजे र मोन्तिजोमा अप्रिल ६ दिउँसो ३ बजे प्रदर्शन गर्न लागेको नेप्स इन्टरटेन्मेन्टका सञ्चालक गुरुङले बताए।
उक्त चलचित्र नेपालसहित विभिन्न देशहरूमा समेत प्रदर्शन भइरकेको निर्देशक सशान कँडेल सन्तोषले जानकारी दिए। चलचित्रको पोस्टरमा प्रमुख चार पात्रलाई चित्रण गरिएको छ, ‘जसमा आशिष घिमिरे, पारस बम ‘कुल ब्वाय’, रिहान गिरी र पदम तामाङ छन् ।
आशिष चर्चित अभिनेता केदार घिमिरे माग्ने बूढाका छोरा हुन् । उनी यो फिल्मबाट डेब्यु गर्दैछन् । पारस बम सामाजिक सञ्जालका चर्चित कन्टेन्ट क्रिएटर हुन् । रिहान गायक तथा ‘भ्वाइस अफ नेपाल’को सिजन ५ का फाइनलिस्ट हुन् ।
फिल्ममा सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुष लगायत कलाकारले पनि अभिनय गरेका छन् ।
माधव शर्माको पटकथा रहेको होस्टेल ३ लाई सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, सुरेश कँडेल सहनिर्माता र शङ्कर कोइराला कार्यकारी निर्माता हुन् । यस अघि फिल्मका दुवै सिक्वेल हिट भएका थिए ।
चलचित्रको पोस्टर —