Home Login
प्रवास

एनआरएनए माल्टाको आयोजनामा नेपाली ‘नयाँ वर्ष २०८२’ कार्यक्रम मनाउने

माल्टा — नेपालमा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने हेतुले युरोपेली मुलुक माल्टामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको आयोजनामा नेपाली ‘नयाँ वर्ष २०८२’ मनाउने भएको छ ।

नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ माल्टाको राजधानी भेलेटामा नेपाली नयाँ वर्ष २०८२ मनाउने भएको हो।

वैशाख १ गते अर्थात् अप्रिल १४ तारिख मनाउने उक्त कार्यक्रम माल्टा र नेपाल, दुई देश बीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको आयोजनामा हुन लागेको कार्यक्रम माल्टामा रहेका विभिन्न संघ-संस्थाहरुले साथ दिएका छन्।

रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक माल्टा पुगेका नेपालीहरू वैशाख १ गते अर्थात् अप्रिल १४ तारिख हुने कार्यक्रमका लागि तयारीमा जुटेका छन्।

माल्टाको राजधानी भेलेटामा अप्रिल १४ तारिख नेपाल र नेपालीपन देखिने, नेपाली भेषभुषा, संस्कार, संस्कृति लगायत नेपाली पोसाकमा राष्ट्रिय झण्डा हल्लाउँदै पुन: एकपटक विश्वसामु नेपाल चिनाउने भएको हो ।

उक्त कार्यक्रमलाई सफल बनाउनको लागि माल्टाबासी नेपालीहरूलाई आयोजकले आग्रह समेत गरेको छ। कार्यक्रमलाई अझै मजबुत बनाउनको लागि सेतोपाटी, उज्यालो नेटवर्क, माल्टा नेपाल अनलाइन, युरोपाटी, पब्लिक फोके टेलिभिजन मिडियाहरूले साथ दिएका छन्।

उक्त कार्यक्रममा माल्टाबाट मात्र नभई युरोपमा रहेका नेपालीहरू पनि सहभागी हुन सकिने आयोजकले बताएको छ ।

Leave a Reply