जसमान दर्नाल जिवन, जाग्रेब — युरोपेली देश क्रोसोयाको राजधानी समेत रहेको सुन्दर शहर जाग्रेबमा चर्चित नेपाली गायिका रचना रिमालको धमाकेदार प्रस्तुतिको कार्यक्रम रहेको छ।
नेपाली नारिहरुको महान चाड तिजको पेरि फेरि पारेर गायिका रचनाको जाग्रेबमा भव्य रूपमा आयोजना हुने भएको छ । नेपाली गित संगीतप्रेमीहरूका लागि विशेष आकर्षणका रूपमा लोकप्रिय गायिका रचना रिमाल लाईभ गायन सहित उपस्थित हुने कार्यक्रम तय भएको आयोजक कोसेली प्रोडक्सनका व्यवस्थापन सम्हालिरहेका लामा ब्रदर्स ट्राभल्सका सञ्चालक सञ्जय तामाङले हाम्रा सम्बादाता जसमान दर्नाल जिवन लाइ जानकारी दिएका छन ।
कार्यक्रम यहीँ अगस्ट ३१ तारिख आइतबारको दिन टिभोर्निका कल्चर युएल, पाभ्ला २, १०००० स्थित एक सास्कृतिक हलमा हुने भएको छ । कार्यक्रम साँझ ५:०० बजेदेखि ११:०० बजेसम्म चल्ने आयोजक कोशेली प्रडक्स क्रोसियाले जनाएको छ । यस अवसरमा रचना रिमालसँगै अन्य कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ । नेपाल आइडलका बिजेता समेत रहेका चर्चित गायक बुद्ध लामाका साथै अन्य गकलाकारहरु दिपक तामाङ, निश्चल राई, शान्ति ओली, युवराज थापा, निरु परियार, कृष्ण काफ्ले, सुनिता बिक लगायतले आ-आफ्नो दमदार प्रस्तुति दिनेछन् ।
सांस्कृतिक कार्यक्रम, नृत्य, गायन र रमाइलो वातावरणले भरिपूर्ण तीज धमाका २०८२ कार्यक्रमले नेपाली समुदाय मात्र नभई स्थानिय संगीतप्रेमीलाई समेत आकर्षित गर्ने आयोजकले विश्वास व्यक्त गरेको छ । कोसेली प्रोडक्सनले सांस्कृतिक एकता, मौलिकता र मनोरञ्जनको संगमको रूपमा प्रस्तुत गर्ने बताइएको छ । आयोजकले दिएको जानकारी अनुसार कार्यक्रम प्रत्यक्ष हेर्नका लागि साधारण टिकट १५ युरो र भिआपी टिकट ३० युरोमा खरिद गर्न सकिनेछ । टिकट सोही दिन कार्यक्रम स्थलबाट लिन सकिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमका बारेमा थप प्रष्ट्याउदै कोशेली प्रडक्सका सन्जय तामाङले भने-“ छरिएर रहनुभएका प्रवासी नेपालीहरूलाई छुट्टीको समयको सदुपयोग, नेपाली कलाकारसँगको सामिप्यता, सांस्कृतिक मनोरञ्जनको माहौलसँगै कार्यक्रम उत्सवमय बन्ने विश्वास लिएका छौँ ।”
आयोजक सगै सहकार्य गरेर कार्यक्रम स्पोन्सर गर्न चाहनुहुने व्यक्ति तथा संघसंस्थाहरूले कोसेली प्रोडक्सनको टिमसँग समन्वय गर्न सकिने पनि बताइएको छ । प्रोडक्सनको आधिकारिक नम्बरहरू +385-915882838, +385-976506715, +977-9818226103 मा ह्वाट्सएप मार्फत सम्पर्क गरि समन्वय गर्न आयोजकले इच्छुकहरुलाइ अनुरोध समेत गरेको छ । उल्लेखित नम्बरमा सम्पर्क गरि अग्रिम टिकट बुकिङसँगै थप जानकारी लिन पनि सकिने आयोजकले बताएको छ।
स्मरण रहोस गायिका रिजाल एक महिने साङितिक कार्यक्रम लिएर पोर्चुगल, स्पेन, जर्मनी , फ्रान्स , क्रोएसिया, अष्टिया र बेल्जियम लगातका देशमामा निरन्तर कार्यक्रम गरिरहेकी छन् !