Home Login

हाम्रो हालको फेसबुक रिल्स

लन्डन — तीन वर्षदेखि चलिरहेको वार्तापछि भारत र बेलायतले बिहीबार बृहत् आर्थिक तथा व्यापार सम्झौता (सीईटीए) मा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायतको चौथो भ्रमणको क्रममा भएको हो । प्रधानमन्त्री मोदीले सम्झौतापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “यो सम्झौता केवल आर्थिक साझेदारी होइन, साझा समृद्धिको योजना पनि हो ।” उनका […]

लन्डन – लोकप्रिय गायिका रचना रिमाल र गायक रामजी खांड सांगीतिक कार्यक्रमको लागि लन्डन आइपुगेका छन् । ‘सयपत्री नेपाली कल्चरल ग्रुप यूके’को आयोजनामा आइतबार साँझ अल्डरसट एम्पायर हलमा हुने सयपत्री साँझमा प्रस्तुति गर्न उनीहरु विहीबार बेलुका लन्डन आइपुगेका हुन् । कलाकारहरु लन्डन हिथ्रो विमानस्थलमा उत्रिंदा सयपत्री ग्रुपका अध्यक्ष दिपक शाहीसहित कार्यसमितिका पदाधिकारीहरुले स्वागत गरेका थिए […]

लन्डन — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो महत्त्वपूर्ण युरोपेली भ्रमणको क्रममा यतिखेर बेलायतमा हुनुहुन्छ । उहाँको यो भ्रमणले भारत र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, सुरक्षा, प्रविधि र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा द्विपक्षीय सहयोगको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । उच्चस्तरीय कूटनीतिक बैठक र रणनीतिक साझेदारी भ्रमणको सुरुवातसँगै प्रधानमन्त्री मोदीले बेलायती […]

लन्डन — बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) बेलायत आइपुग्नु भएको छ । पारिवारिक कामको सिलसिलामा मुख्यमन्त्री तामाङ बिहीबार १० जुलाई बिहान लन्डनस्थित हिथ्रो विमानस्थल आइपुग्नुभएको हो । उहाँसँगै प्रमुख स्वकीय सचिव छत्रबहादुर लामा पनि बेलायत आउनुभएको छ । मुख्यमन्त्री तामाङ र प्रमुख स्वकीय सचिव लामाको स्वागतमा नेपाली जनसम्पर्क समिति […]

लन्डन — नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले […]

लन्डन — लन्डनस्थित नेपाली दूतावासले पहिलो पटक संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्ड राज्यमा नेपाली मेला गर्ने तयारी गरेको छ । दूतावासले आउंदो २३ जुन सोमबार एनआरएनए स्कटल्याण्डसहित झण्डै दुई दर्जन नेपाली संघसंस्थाको प्रत्यक्ष सहभागितामा वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा मेला गर्न लागेको उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । लन्डन केन्द्रित भन्दा दूतावासको ‘आउटरिच’ बढाउने […]

रासस — पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन शाखाको आयोजनामा लन्डनमा मौलिक नेवारी भोज (गुथि भ्वय्) गरिने भएको छ । यही जुन ८ तारिख आइतबार लन्डनको चार्ल्टनस्थित चार्ल्टन पार्क रग्बी क्लबमा भोज हुन लागेको छ । भोजका लागि मौलिक परम्पराअनुसार झण्डै ४० थरि नेवारी परिकार तयार गरिने आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन […]

लन्डन —  उत्कृष्ट चलचित्र, नेपालबाट आएका विशिष्ठ कलाकार र यूकेस्थित नेपाली कलाकारहरुलाई अवार्ड प्रदान गर्दै तेस्रो नेपाली चलचित्र महोत्सव शनिबार बेलायतमा सम्पन्न भएको छ । थर्ड आइले आयोजना गरेको चलचित्र महोत्सवको लन्डन ग्रीनफोर्ड टाउन हलमा विशेष समारोहबीच समापन गरिएको हो । कार्यक्रममा चार नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नीलाई उत्कृष्ट चलचित्र अवार्ड […]

लन्डन — चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायत आइपुगेका छन् ।   शनिबार ३१ मेमा हुने तेस्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट अध्यक्ष डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायतलाई लन्डन आएका हुन् । उनीहरुलाई बिहीबार हिथ्रो एयरपोर्टमा आयोजक थर्ड आइ टिमले स्वागत […]

लन्डन —  बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, […]