संयुक्त अरब इमिरेट्स — युएईले केही महिनादेखि बन्द रहेको नेपाली नागरिकका लागि भिजिट भिसा पुनः खुला गरेको छ । ‘जेनजी आन्दोलन’ पछि युएईले नेपालीको भिजिट भिसा रोक्दै आएको थियो । आन्दोलनका क्रममा जेलबाट फरार भएका व्यक्तिहरू युएई पुगेका हुनसक्ने आशंकाले भिसा रोकिएको बताइए पनि औपचारिक कारण सार्वजनिक गरिएको थिएन । आन्दोलनपछि युएईले कामदार भिसामा पनि […]


