संयुक्त अरब इमिरेट्स — यूएईमा भिजिट भिसासम्बन्धी नयाँ नियम लागू भएको छ । अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहने व्यक्तिले निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् ।
पहिलो तहमा बुबा आमा, श्रीमान/श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ ।
त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ ।
साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ । यूएईले भिजिट भिसामा साथी वा आफन्तलाई प्रायोजन गर्नुअघि प्रायोजकको आम्दानीसँग जोडिएको हो । न्यूनतम तलब पुरा गर्न सक्नेले आफन्त वा साथीहरूलाई भिजिट भिसामार्फत यूएईमा ल्याउन सक्ने व्यवस्था गरिएको हो ।
आवेदनकर्ताहरूले कम्तिमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपर्नेछ । उक्त प्रावधानले पारदर्शिता बढाउने, आर्थिक विविधिकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई यूएईमा आकर्षित गर्ने उद्देश्य आईसीपीले राखेको छ ।