
पोर्चुगल (लिस्बन) । पोर्चुगलमा नेपाली समुदायको हकहित र सामाजिक कार्यमा सक्रिय रहँदै आएको नवलपुर समाज पोर्चुगलले एक विशेष कार्यक्रमको आयोजना गरी यहाँ क्रियाशील नेपाली पत्रकारहरूलाई सम्मान गरेको छ । बुधबार, अगस्ट २० तारिखका दिन राजधानी लिस्बनस्थित मण्डला हाउस रेस्टुरेन्ट र बारमा आयोजित एक औपचारिक कार्यक्रममा पत्रकारहरूलाई उनीहरूले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । […]