Home Login

पोर्चुगल —  पोर्चुगलको राजधानी लिस्बनमा बुधबार भएको एक भयानक फ्युनिकुलर रेल दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। यस दुखद घटनाप्रति लिस्बनस्थित नेपाली दूतावासले गहिरो दुःख व्यक्त गर्दै एक शोक सन्देश जारी गरेको छ । बुधबार, सेप्टेम्बर ३, २०२५ का दिन लिस्बनको पर्यटकीय क्षेत्रमा निकै लोकप्रिय ‘ग्लोरिया फ्युनिकुलर’ […]

इजरायल — इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । इजरायल–इरान युद्धका कारण ठुलो धनजनको क्षति भइरहेको जनाउँदै इजरायलस्थित नेपाली दूतावासले सुरक्षित रहन नेपालीलाई आग्रह गरेको हो । दूतावासले आइतबार एक सूचना जारी गर्दै इजरायली होम फ्रन्ट कमान्डले जारी गरेको निर्देशन पालना गर्न पनि भनेको छ ।  युद्धका कारण शैक्षिक […]

लन्डन — नेपालमा गणतन्त्र स्थापनाको सम्झनामा हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस बिहीवार लन्डनस्थित नेपाली दूतावासमा पनि विशेष समारोहका साथ मनाइएको छ। दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत चन्द्र घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा. […]