Home Login
राजदूतावास

लिस्बन रेल दुर्घटनामा नेपाली दूतावासद्वारा दुःख व्यक्त

पोर्चुगल —  पोर्चुगलको राजधानी लिस्बनमा बुधबार भएको एक भयानक फ्युनिकुलर रेल दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। यस दुखद घटनाप्रति लिस्बनस्थित नेपाली दूतावासले गहिरो दुःख व्यक्त गर्दै एक शोक सन्देश जारी गरेको छ ।

बुधबार, सेप्टेम्बर ३, २०२५ का दिन लिस्बनको पर्यटकीय क्षेत्रमा निकै लोकप्रिय ‘ग्लोरिया फ्युनिकुलर’ नामको केबलकार रेल पटरीबाट छुट्टिएर नजिकैको भवनमा ठोक्किन पुगेको थियो ।

यसैबीच, लिस्बनस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “लिस्बनमा हिजो भएको दुखद दुर्घटना प्रति नेपाल दूतावास गहिरो दुःख व्यक्त गर्दछ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना तथा मृत आत्माको चिरशान्तिको कामना गर्दछौं ।”

पोर्चुगल सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । लिस्बनका मेयरले यसलाई सहरको लागि एक “त्रासदीपूर्ण दिन” को संज्ञा दिएका छन् ।

Leave a Reply