Home Login

हाम्रो हालको फेसबुक रिल्स

काठमाडौ । एनआरएनए पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय एनआरएनए केन्द्रिय विधान समिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय मूल समितिको निर्णयअनुसार विभिन्न मूल उपसमितिहरू गठन गरिएका छन्। यही क्रममा, आगामी २०२५ मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा आयोजना हुन […]

काजाब्लांका- क्यासेल्लो । सर्बोच्च अदालतको परमादेश अनुरूप एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समिति मातहतको ‘मूल आयोजक समिति’को सदस्य सचिवमा गंगाधर गौतम मनोनीत भएका छन् । उच्चस्तरीय समितिका संयोजक डा.शेष घलेले उनलाई सदस्य सचिवमा मनोनयन गरेका हुन् । एनआरएनएका सक्रिय अभियन्ता गौतम हाल युरोपको बेल्जियममा बसोबास गर्दै आएका छन् । पत्रमा […]

काठमाडौं । रविना थापाको संयोजकत्वमा एनआरएनए ६७ सदस्सीय केन्द्रिय  प्रचार प्रसार समिती गठन गरिएको छ । गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय समन्वय परिषद एकता महाधिवेशन उच्च स्तरीय मुल समितीको निणर्य अनुसार आगामी मे महिनाको ३–५ तारिकमा काठमाडौंमा सम्पन्न हुन गईरहेको एकता  महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न बनाइएको  विभिन्न मुल उपसमिती मध्ये रविना थापाको संयोजकत्वमा […]

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) का ४६ राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुले दुइ ओटा छुट्टाछुट्टै महाधिवेशन आयोजना गरिंदा संघ औपचारिक रुपमै विभाजित हुन सक्ने खतरा देखिए पछि  एकताको बृहत्  रोडम्याप प्रस्तुत गरेका छन् ।   उनीहरुले एकताको पहल स्वरुप बद्री केसी पक्षलाई काठमाडौँ बालुवाटारस्थित संघको केन्द्रिय सचिवालय तत्काल उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न आह्वान […]

गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी)का संस्थापक र पूर्व अध्यक्षहरुबीच मंगलबार ‘बृहत् एकता’ संवाद हुने भएको छ । थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि साझा समाधान खोज्नु अत्यन्त आवश्यक भएकोले ‘बृहत् एकता’ संवाद कार्यक्रममा राखिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले जानकारी दिनुभयो । उहाँका अनुसार संवादका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,पूर्वअध्यक्षहरु देवमान हिराचन,जीवा […]

शेष घले । विदेशमा बस्ने नेपालीहरुको साझा  संस्था गैर आवासीय नेपाली संघ(एनआरएनए) यतिबेला असहज अवस्थामा छ । १०औं महाधिवेशनकाक्रममा चर्किएको विवाद ११औं महाधिवेशनमा आइपुग्दा थप तिक्ततापूर्णदेखियो । संघको विभिन्न तहमा नेतृत्व  चुन्न गराइएका निर्वाचनको विश्वसनीयता बारे प्रश्नहरु उठे र  केही साथीहरुको मन विभाजितहुनपुग्यो, जसले गर्दा  एनआरएनए अभियानमा ठूलो धक्का लागेको छ । सन् २००३ मा […]

काठमाडौँ — डा.शेष घलेले  गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।   संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई एकताको महाधिवेशन गराउने जिम्मेवारी थपिएको छ । डा.घलेसहित […]

(गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गठन प्रक्रिया विवादित, सहमति विना हचुवामा गठन गरिँदै) रोमानिया — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को गठन प्रक्रिया रोमानियामा विवादित बनेको छ। यसअघि पनि नाम मात्रका व्यक्तिहरूलाई समावेश गर्दै संस्थाको गठन गरिएको भनिएकोमा, अहिले पुनः त्यही शैलीमा हचुवाका भरमा एनआरएनए गठनको प्रक्रिया अघि बढाइएको छ। स्थानीय नेपाली समुदायका अनुसार, रोमानियामा एनआरएनए गठन […]

संवाददाता । काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। सर्वोच्च अदालतको फैसला अनुसार गठित उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा  आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो  । बैठकले सदस्यता दर्ता प्रक्रिया थप […]

(एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजित अन्तरक्रियामा व्यापक सहभागिता, आउँदो मे महिनामा एकता महाधिवेशनमा भाग लिन आह्वान) काठमाडौँ — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएको डा. शेष घले नेतृत्वको उच्चस्तरीय समितिले संसारभरिका गैर आवासीय नेपालीहरूसँग सोमबार भर्चुअल संवाद गरेको छ । काठमाडौँमा आगामी २०८२ वैशाख २० देखि २२ गते सम्म (मे ३–५, […]