काजाब्लांका- क्यासेल्लो ।
सर्बोच्च अदालतको परमादेश अनुरूप एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समिति मातहतको ‘मूल आयोजक समिति’को सदस्य सचिवमा गंगाधर गौतम मनोनीत भएका छन् ।
उच्चस्तरीय समितिका संयोजक डा.शेष घलेले उनलाई सदस्य सचिवमा मनोनयन गरेका हुन् । एनआरएनएका सक्रिय अभियन्ता गौतम हाल युरोपको बेल्जियममा बसोबास गर्दै आएका छन् ।
पत्रमा उच्चस्तरीय समितिको १२ औँ बैठकको निर्णयअनुसार गौतमलाई एकता महाधिवेशनका लागि मूल आयोजक समितिको सदस्य सचिवमा मनोनीत गरिएको उल्लेख छ । यस मनोनयनले एकता महाधिवेशन सफल बनाउन गौतमको कार्यकुशलताको पूर्ण सहयोग रहने भन्ने विश्वासका साथ आगामी दिनहरूमा मूल आयोजक समितिको बैठक सञ्चालन गरिदिन पनि अनुरोध गरिएको छ ।
एनआरएनए उच्चस्तरीय समितिले मे ३, ४ र ५ मा काठमाडौँमा एकताको महाधिवेशन घोषणा गरेको छ । सोही महाधिवेशनका लागि उच्चस्तरीय समितिले मूल आयोजक समिति गठन गरेको थियो ।
अभियन्ता गौतम यसअघि एनआरएनएमा राजेन्द्र कुमार (आरके) शर्मा अध्यक्षका उपाध्यक्ष समेत हुन ।त्यतिबेला विधान समितिको सहसंयोजक थिए। यस्तै १० औँ महाधिवेशनमा उनी सचिवको भूमिकामा थिए भने त्यतिबेला वार्ता समितिको सदस्य सचिव पनि थिए ।
जसअनुसार तत्कालीन बिनोद कुँवर नेतृत्वको एनआरएनएसँग एकता गराउनका लागि उनले प्रचण्डको रोहबरमा हस्ताक्षार गराउन भूमिका खेलेका थिए । तर, उक्त सहमति विभिन्न कारणले कार्यान्वय हुन सकेको थिएन । यस्तै त्यसपछि पनि उनी विधान समितिको सदस्य सचिव पनि थिए ।
यस्तै एनआरएनए बेल्जियमको संस्थापक सदस्यदेखि अध्यक्षसम्म चयन भएका उनी कांग्रेस निकट जनसम्पर्क समितिका नेता समेत हुन् ।