Home Login

पोर्चुगल — पेरिस सेन्ट-जर्मेन (PSG) र पोर्चुगलको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी भिटिन्हाले ग्लोब सकर अवार्ड २०२५ मा ‘वर्ल्ड्स बेस्ट मिडफिल्डर’ अर्थात् विश्वकै उत्कृष्ट मिडफिल्डरको उपाधि जितेका छन् । भिटिन्हाले सन् २०२५ मा आफ्नो क्लब पिएसजी र राष्ट्रिय टोली पोर्चुगल दुवैका लागि मध्यभाग (मिडफिल्ड) मा एकछत्र राज गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। खेललाई नियन्त्रणमा राख्ने र […]

पोर्चुगल — युवा स्टार खेलाडी लामिन यामलले ग्लोब सकर अवार्ड २०२५ मा प्रतिष्ठित ‘बेस्ट फरवार्ड’ अर्थात् उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीको अवार्ड जितेका छन् । सानो उमेरमै विश्व फुटबलमा ठूलो छाप छोड्न सफल यामललाई उनको आक्रामक खेल शैली र गोल गर्ने क्षमताको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको हो । विश्वका चर्चित फरवार्डहरूलाई पछि पार्दै यामलले यो […]

लिस्बन (पोर्चुगल) —  पोर्चुगलको अर्थतन्त्रले चालु वर्ष २०२५ को पहिलो नौ महिनामा उत्साहजनक वित्तीय अनुशासन देखाएको छ । सार्वजनिक प्रशासन क्षेत्रले यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादन (GDP) को २.१ प्रतिशत बराबरको बजेट अधिशेष कायम गर्न सफल भएको छ । राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, २०२५ को पहिलो […]

लिस्बन (पोर्चुगल) —  क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा लिस्बनको अल्कान्तारामा रहेको परराष्ट्र मन्त्रालय अन्तर्गतको सार्वजनिक सेवा कार्यालय केही दिनका लागि बन्द रहने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै बिदा र सेवा पुनः सञ्चालन हुने मितिबारे जानकारी गराएको हो । जारी सूचना अनुसार, डिसेम्बर २४ तारिखदेखि कार्यालयका सम्पूर्ण सेवाहरू बन्द रहनेछन् […]

लिस्बन (पोर्चुगल) — विगतमा एकपछि अर्को सफल कार्यक्रमहरू सम्पन्न गर्दै समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था ‘लिमिटलेस’ ले पोर्चुगलमा अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भव्य कार्यक्रम ‘ठमेल नाइट’ आयोजना गर्ने भएको छ । परदेशमा रहेर पनि नेपाली उत्सवको झझल्को दिने र आपसमा खुसी साटासाट गर्ने उद्देश्यले आउँदो डिसेम्बर ३१ तारिखका दिन यो […]

पोर्चुगल — पछिल्लो समयका सर्वाधिक लोकप्रिय तथा युवा पुस्ताका ढुकढुकी गायक सुजन चापागाईं आफ्नो ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोपको सांगीतिक यात्रामा निस्कने भएका छन् । सन् २०२६ मा आयोजना हुने ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ नाम दिइएको विशेष सांगीतिक टुरका लागि उनी युरोप आउने भएको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगीतको माध्यमबाट […]

लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा आवास र बसोबासको सङ्कट गहिरिँदै गएको छ । राष्ट्रिय स्तरमा गरिएको पछिल्लो सर्वेक्षण अनुसार, देशमा घरबारविहीन मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सन् २०२४ को डिसेम्बर ३१ सम्मको तथ्याङ्क अनुसार, पोर्चुगलमा घरबारविहीनहरूको कुल सङ्ख्या १४,४७६ पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १,३४८ ले बढी हो, जसले सामाजिक […]

लिस्बन —  पोर्चुगल सरकारले कामदारहरूको न्यूनतम पारिश्रमिकमा थप वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२६ का लागि राष्ट्रिय न्यूनतम तलबमा ५० युरोले वृद्धि गर्ने औपचारिक निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि सन् २०२६ मा न्यूनतम तलब ८७० युरोबाट बढेर ९२० युरो (ग्रस) पुग्नेछ । यो महत्वपूर्ण घोषणा राष्ट्रपतिको कार्यालयका […]

पोर्चुगल — आजको मौसम विशेष गरी पोर्चुगलको तटीय र समुद्री क्षेत्रहरूमा केही चुनौतीपूर्ण रहने पूर्वानुमान गरिएको छ। मौसम विज्ञान विभाग (IPMA) ले जारी गरेको पछिल्लो जानकारी अनुसार, आज मध्यान्ह १२:०० बजेसम्मका लागि सेतुबल, बेजा र फारोजिल्लाहरूमा ‘पहेँलो तह’ को समुद्री चेतावनी जारी गरिएको छ । यो चेतावनी विशेष गरी समुद्रमा आउने उग्र छालहरूलाई मध्यनजर गर्दै […]