Home Login

लिस्बन (पोर्चुगल) — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा बस्दै आएका एक नेपाली युवाको उपचारका क्रममा असामयिक निधन भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुर स्थायी घर भएका ३० वर्षीय शंकर श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । विगत केही समयदेखि पोर्चुगलको ‘एम.न्हा दास ओन्डास’ (M.nha das Ondas) क्षेत्रमा बसोबास […]

पोर्चुगल — मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोर्चुगलले इरानको राजधानी तेहरानमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ । पोर्चुगिज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो संवेदनशील निर्णय सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार दूतावास बन्द गर्ने यो निर्णय जनवरी १४ (हिजो) लिइएको हो । यस कदमसँगै […]

पोर्चुगल — पोर्चुगलले इरानमा प्रदर्शनकारीमाथि भइरहेको हिंसात्मक दमनको कडा शब्दमा भर्त्सना गरेको छ । इरानी सुरक्षा बलहरूले आफ्नो अधिकारको माग गर्दै सडकमा उत्रिएका नागरिकहरूमाथि गरेको बल प्रयोग र दमनलाई अस्वीकार्य भन्दै पोर्चुगल सरकारले गम्भीर चिन्ता व्यक्त गरेको हो । पोर्चुगलले इरानी सरकारलाई आफ्ना नागरिकहरूको मौलिक अधिकारको सम्मान गर्न विशेष आह्वान गरेको छ । अभिव्यक्ति स्वतन्त्रता र […]

पोर्चुगल — चर्चित मिडिया तथा वित्तीय वेबसाइट ‘इनसाइडर मङ्की’ले विश्वका सबैभन्दा सुन्दर महिलाहरू हुने शीर्ष ५० देशहरूको सूची सार्वजनिक गरेको छ । विभिन्न मापदण्ड र तथ्याङ्कका आधारमा तयार पारिएको यो सूचीले विश्वभरको सौन्दर्यको विविधतालाई उजागर गरेको छ, जसमा एसिया, युरोप र ल्याटिन अमेरिकी देशहरूको वर्चस्व देखिएको छ । सार्वजनिक सूचीको शीर्ष स्थानमा एसियाली मुलुक दक्षिण […]

पोर्चुगल — चर्चित मिडिया तथा तथ्याङ्क विश्लेषक संस्था ‘इनसाइडर मङ्की’ले सन् २०२३ मा सार्वजनिक गरेको एक सर्वेक्षण अनुसार विश्वमा सबैभन्दा बढी यौन सम्पर्क राख्ने देशहरूको सूचीमा युरोपेली मुलुक स्पेन शीर्ष स्थानमा रहेको छ । मानिसहरूको यौन व्यवहार, आवृत्ति र सांस्कृतिक खुलापनलाई आधार मानेर तयार पारिएको यो सूचीले युरोपेली तथा ल्याटिन अमेरिकी देशहरूमा यौन जीवन बढी […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा यतिबेला राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । लामो समयदेखि सत्तामा रहेका वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डि सुसाको कार्यकाल सकिन लागेसँगै मुलुकले नयाँ अभिभावक खोजिरहेको छ । यही आउँदो आइतबार, अर्थात् २०२६ जनवरी १८ तारिखका दिन पोर्चुगलमा नयाँ राष्ट्रपतिको चयनका लागि मतदान हुँदैछ । वर्तमान संविधान अनुसार कुनै पनि व्यक्तिले लगातार […]

लिस्बन (पोर्चुगल) — प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्धनमा सक्रिय मगर संघ पोर्चुगलले सन् २०२६ को माघे संक्रान्ति पर्व भव्यताका साथ मनाउने तयारी गरेको छ । मगर जातिहरूको महत्त्वपूर्ण चाड माघे संक्रान्तिको अवसर पारेर संघले ‘माघे संक्रान्ति बृहत् सांस्कृतिक कार्यक्रम २०२६’ को आयोजना गर्ने घोषणा गरेको हो । यो […]

पोर्चुगल (लिस्बन) —  पोर्चुगलको खाद्य तथा आर्थिक सुरक्षा प्राधिकरण (ASAE) ले हालै गरेको एक व्यापक बजार अनुगमन तथा निरीक्षणका क्रममा ‘क्यानाबिस स्याटिभा’ मिसिएका ठूलो परिमाणका खाद्य उत्पादनहरू नियन्त्रणमा लिएको छ । जनस्वास्थ्य र उपभोक्ता सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै प्राधिकरणले ३ हजा ५ सय भन्दा बढी त्यस्ता वस्तुहरू जफत गर्नुका साथै नियम उल्लंघन गर्ने […]

लिस्बन (पोर्चुगल) —  तामाङ समाज पोर्चुगलले नेपाली तामाङ समुदायको महान् पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेको छ । मन्जुश्री संवत २८६२ ‘ताल्हो’ अर्थात् घोडा वर्गको पावन अवसर पारेर समाजले शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक साँझको आयोजना गर्न लागेको हो । प्रवासमा रहेर पनि आफ्नो मौलिक हक, हित र संस्कृतिको जगेर्ना […]

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछारको पावन अवसरमा नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलले लिस्बनमा ऐतिहासिक एवं बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले घेदुङले शुभकामना आदानप्रदान सहितको विशेष सांगीतिक साँझको तयारी गरेको हो । यस वर्षको […]