Home Login

लिस्बन — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । वार्तामा दुई देशबीचको आर्थिक, राजनीतिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरहरूबारे छलफल भएको प्रधानमन्त्री मोन्टेनेग्रोले जानकारी दिनुभएको छ । एसिया भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोन्टेनेग्रोले सामाजिक सञ्जाल ‘X’ मार्फत आफूहरूबीच भएको कुराकानीबारे जानकारी दिनुभएको हो । उहाँले आफ्नो पोस्टमा […]

मेड्रिड — प्रधानमन्त्री केपी शर्मा ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको नेपाल–स्पेनका व्यावसायी र लगानीकर्तासँगको छलफलमा सहभागी हुनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिएर प्रधानमन्त्री ओली बिहीवार साँझ रेलमार्गबाट मेड्रिड आइपुग्नुभएको हो ।

पोर्चुगल — इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ । २८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए । […]

पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘भारतमा भएको […]

पोर्चुगल — प्रधानमन्त्रीलाई पहिले नै सान्ता मारिया अस्पतालबाट डिस्चार्ज गरिएको छ। जहाँ उनी ‘कार्डियक एरिथमियाको एक एपिसोड’ का कारण केही घण्टा अस्पताल भर्ना भएका थिए। ‘सबै कुरा ठीक छ, यो कार्डियक एरिथमियाको एक एपिसोड थियो, जुन समस्याले मलाई समय-समयमा धेरै छिटपुट रूपमा सताउँथ्यो,” लुइस मोन्टेनेग्रोले अस्पतालबाट निस्किँदै गर्दा पत्रकारहरूलाई भने। प्रधानमन्त्री शुक्रबार दिउँसो १ : […]

१० अक्टोबर । प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु. ५१ लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो। अध्यक्ष डा. केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा […]