Home Login

पोर्चुगल (लिस्बन) । अध्ययन तथा रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूलाई नेपाली राजदूतावास पेरिस फ्रान्सले बुधबार एक सूचना सार्वजनिक गरेको छ। दूतावासको अनुसार मार्च १८, २०२५ सम्म प्रमाणीकरणको लागि इमेल र कुरियरमार्फत पठाइएको कागजातहरू (प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, विवाहदर्ता लगायत अन्य कागजातहरू) जम्मा ५२५ थान र राजदूतावासबाट तयार विद्युतीय राहदानी ६५ थान सङ्कलन गरी नेपाली राजदूतबास […]

काजाब्लांका- क्यासेल्लो । सर्बोच्च अदालतको परमादेश अनुरूप एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समिति मातहतको ‘मूल आयोजक समिति’को सदस्य सचिवमा गंगाधर गौतम मनोनीत भएका छन् । उच्चस्तरीय समितिका संयोजक डा.शेष घलेले उनलाई सदस्य सचिवमा मनोनयन गरेका हुन् । एनआरएनएका सक्रिय अभियन्ता गौतम हाल युरोपको बेल्जियममा बसोबास गर्दै आएका छन् । पत्रमा […]

माल्टा — गैरआवासीय नेपाली संघको १६ औं यूरोप क्षेत्रीय सम्मेलनको लागि प्रमुख अतिथि नेपाल सरकारबाट उद्योग तथा वाणिज्यमन्त्री दामोदर भण्डारी र लगानी बोर्डबाट प्रतिनिधि हिमाल चन्द्र अर्याल सहसचिव युरोपियन मुलुक माल्टा आइपुग्नुभएको छ। साथै गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी शुक्रबार माल्टा आइपुग्नुभएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं यूरोप क्षेत्रीय सम्मेलन शुक्रबार […]

म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ नागरिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प […]

(‘डिम्यान’सँग प्रधानमन्त्री केपी शर्मा ओलीले भनेः डिजिटल मिडिया जिम्मेवार बनुन् , सरकार नियन्त्रण गर्ने मुडमा छैन) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल मिडियाले समाजमा सकारात्मक सन्देश दिनु पर्ने बताएका छन् । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) सँग प्रधानमन्त्री ओलीले नागरिकका पहुँचमा भएका नयाँ मिडियाहरुमा नकारात्मक सन्देश प्रभाव हुनु दुखद […]

(नेपाली व्यवसायी संघ बेल्जियम र महामहिम राजदूत सेवा लम्सालबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न) इन्दिरा चाम्लिंग, काजाब्लांका क्यासेल्लो । नेपाली व्यवसायी संघ बेल्जियमको सम्पूर्ण कार्यसमितिले बेल्जियम, नेदरल्याण्ड्स, र लक्जमबर्गका लागि नेपालका राजदूत तथा युरोपेली संघका लागि मिसन प्रमुख, नवनियुक्त महामहिम राजदूत सेवा लम्सालज्यूसँग संस्थागत भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रमको सञ्चालन संघका सचिव बाबुराम शर्माले […]

पोर्चुगल (लिस्बन) — अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका शेर्पा समुदायहरूको छाता संस्था शेर्पा किदुग पोर्चुगलले नेपालको राष्ट्रिय पर्व ग्याल्पो ल्होसार (नयाँ वर्ष २१५२, सिङ्गमो डुलल्हो–सर्प वर्ग) को अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुभएको छ। आगामी मार्च ३० तारिख लिस्बनस्थित न्यू सिटि ओक मुन्डोमा उक्त कार्यक्रम हुने भएको हो। पोर्चुगलमा रहेका शेर्पा समुदाय […]

बेलायत (रासस) — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोप्रति नेकपा माओवादी केन्द्र निकट प्रवास समिति नेपाली जनप्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो । ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको बर्खास्तप्रति नेपाली जनप्रगतिशील मञ्च बेलायत गम्भीर चिन्ता […]

(रोमानियाका नागरिकहरूका लागि अमेरिका प्रवेश भिसा छूट कार्यक्रम केही समयका लागि रोकियो) रोमानिया — संयुक्त राज्य अमेरिकाले, अमेरिकी भिसा छूट कार्यक्रममा रोमानियाको सामेल हुने प्रक्रिया अनिश्चितकालका लागि रोकेको छ। यो यात्रा सल्लाह र आप्रवासन उपायहरूको सम्बन्धमा अमेरिकाले गरेको हालैको विकासक्रम पछिको हो। रोमानियाका प्रधानमन्त्री मार्सेल सियोलाकुका अनुसार,  ‘यो निर्णय एक प्राविधिक उपाय हो भन्ने विश्वास […]

लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्व अध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताउनुभएको छ । मंगलबार पोर्चुगलको राजधानी लिस्बनमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा संयोजक घलेले तीन महिना अगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा संघको महाधिवेशन हुने बताउनुभएको हो । “तोकिएको मितिमा महाधिवेशन हुन्छ, […]