Home Login
बेल्जियम

उभौली साकेला ५०८५ बेल्जियममा भव्य रूपमा मनाइयो

मनिस तमु
काजाब्लांका क्यासेल्लो ,बेल्जियम ।

किरात राई समुदायको मौलिक र महान चाड उभौली साकेला ५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा  भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि महामहिम सेवा लम्साल बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूतले विदेशमा रहेका नेपालीहरूले आफ्नो संस्कृति जगेर्ना गर्न गरेका प्रयास अत्यन्त प्रशंसनीय रहेको बताउँदै भन्नुभयो, “यस्ता मौलिक चाडहरू प्रवासमा नेपालीहरूको पहिचान जोगाउने मेरुदण्ड हुन्। साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ।

विशेष अतिथि लुभेन नगर उप प्रमुख बेल्जियमकी लोथे रामाकरले नेपाली समुदायको सांस्कृतिक बहुलता देखेर खुसी व्यक्त गर्दै, “नेपालको विविधता र यहाँको सांस्कृतिक धरोहर देखेर म प्रभावित भएँ। यो विविधता विश्वकै सम्पत्ति भएको बताउनु भएको थियो।

स्टाड लुभेनका उप मेयर श्री दिर्क भेन्सिनाले पनि कार्यक्रमलाई समर्थन जनाउँदै बताउनु भयो , “लुभेन सहर सधैं बहुसांस्कृतिक सहकार्यको पक्षमा छ। नेपाली समुदायले यो सहकार्यलाई अझ समृद्ध बनाएका छन्।

त्यसैगरी आदिबासी जनजाति महासघ बेल्जियम अऱ्ध्यक्ष बिरमान मगरले नेपाल र बेल्जियमबीचको सांस्कृतिक सम्बन्धको सराहना गर्दै भने, “तपाईंहरूको संस्कृति अत्यन्त जीवित र सशक्त छ। यस्ता कार्यक्रमले सहिष्णुता र मैत्री बढाउँछन्।

कार्यक्रममा आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगर सहित युरोपभरिबाट आएका किरात तथा अन्य नेपाली संघसंस्थाका अगुवाहरूले पनि आ–आफ्ना मन्तव्य राख्दै साकेला चाडको महत्त्वमा प्रकाश पारे।

मेजर योगेश कोयी राई, किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्षले भने, “साकेला हाम्रो आत्मा हो। यो पर्व मनाउनु भनेको हाम्रा पुर्खा र प्रकृतिलाई सम्झनु हो।”

किरात राई यायोक्खा बेलायतका अध्यक्ष श्री आशा राईले भने, “प्रवासमा साकेला मनाउँदा बालबालिकाले पनि आफ्नो जरा र पहिचान बिर्संदैनन्।” किरात राई सोसाइटी पोर्चुगलका कोषाध्यक्ष अरुन राईले बताए, “यस्ता आयोजकहरूले हाम्रो साझा संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिन्छ।

किरात राई समुदाय जर्मनीका अध्यक्ष डिल्लि राईले भने, “हामी जतिसुकै टाढा भए पनि संस्कृति हाम्रो जीवनको मूल हो।” सिलिम्पा किरात राई सोसाइटी पोर्चुगलका प्रतिनिधि अरून राई सुमन राई र आधी सोतांगले साझा भनाइमा उल्लेख गरे, “साकेला एक दिनको नाच मात्र होइन, यो हाम्रो जीवन दर्शन हो।” किरात राई सोसाइटी स्पेनका अध्यक्ष युबराज राईले भनाइ राख्दै भने, “स्पेनमा पनि यस्ता कार्यक्रम सुरु गर्न प्रेरणा मिल्यो।”

गैरआवासीय नेपाली संघ (NRNA) बेल्जियमकी अध्यक्ष सिता सापकोटाले भनिन्, “NRNA सधैं नेपाली समुदायको संस्कृति जोगाउने अभियानमा साथ दिनेछ।” किरात राई सोसाइटी स्वीटजरल्यान्डका प्रतिनिधि सामदुंग राईले भने, “आजको दिन हामीलाई हाम्रो मौलिकता सम्झाउने ऐतिहासिक दिन हो।”

किरात याक्थुम चुम्लुंग बेल्जियमका अध्यक्ष वदन योङ्गहाङले भने, “साकेला किरात सभ्यताको आत्मा हो। हामीले यसलाई पीढी दरपीढी हस्तान्तरण गर्नुपर्छ।” विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानाले बताए, “सांस्कृतिक साझेदारीले हाम्रो सहकार्य बलियो बनाउँछ।” शेर्पा समाज बेल्जियमका अध्यक्ष पिडी शेर्पाले भने, “सामुदायिक सहकार्य र सम्मानले नेपालीहरूको उपस्थिति अझ मजबुत बनाउँछ।

तामाङ समाज बेल्जियमका अध्यक्ष लालिंग तामाङले भने, “सांस्कृतिक पहिचान कायम राख्न हामी सबै मिलेर अघि बढ्न जरुरी छ।” कार्यक्रमले प्रवासी नेपालीहरूमा सांस्कृतिक गर्व र आत्मीयता थप बलियो बनाएको आयोजक संस्थाले जनाएको छ। किरात राई सोसाइटी बेल्जियमले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र अन्तर्राष्ट्रिय सांस्कृतिक सहकार्यका लागि तत्पर रहने बताएको छ।

कार्यक्रममामा साकेलाका बिभिन्न सिलीहरू प्रदर्शन र पितृ प्रकृतिको  पूजा सहित  आरम्भ भएको कार्यक्रममा राजदूत लम्साल सहित उप मेयरद्वय सहित बिदेशीहरूले समेत सामुहिक रूपमा साकेला नाचेर रमाएका थिए ।

उभौली साकेला किरात समुदायको एक प्रमुख चाड हो, जुन खेतीपाती सुरु हुने समयसँगै प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै मनाइन्छ। कार्यक्रममा साकेला सिली नाच, पारम्परिक भेषभूषा, जातीय संगीत, लोकनृत्य, र सांस्कृतिक झलकहरू प्रस्तुत गरिए।

कार्यक्रममा नेपाली झन्डासँगै बेल्जियमको झन्डा पनि राखिएको थियो, जसले द्वैदेशिक समन्वय र सांस्कृतिक सहकार्यको सन्देश दिएको थियो। साथै, लुभेन सहरको नगरपालिका (Leuven Stad) तथा स्थानीय संस्थाहरूको सहकार्यमा कार्यक्रम अझ प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकहरूले जानकारी दिए।

किरात राई सोसाइटी बेल्जियमले प्रवासमा बसोबास गर्ने नेपालीहरूबीच सांस्कृतिक पहिचान जगेर्ना गर्न र एकता सुदृढ पार्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रमको समापनमा आयोजक संस्थाले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र समृद्ध सांस्कृतिक आदान–प्रदानको अपेक्षा गरेको थियो।

किरात राई सोसाईटी बेल्जियम साकेला ५०८५ उपस्थित

विशेष अतिथि-सिता सापकोटा अध्यक्ष गैरआवाशीय नेपालीसंघ वेल्जीयम, किरात राई यायोक्खा बेलायत अध्यक्ष श्री आशा राई, किरात राई सोसाईटी पोर्चुगल प्रतिनिधी तथा कोषाध्यक्ष अरुन राई, किरात राई समुदाय जर्मनी अध्यक्ष मन्डल डिल्लि राई, सिलिमपा किरात राई सोसाईटी पोर्चुगल सुमन राई र आधी सोतांग, किरात राई सोसाईटी स्पेन अध्यक्ष युबराज राई,

किरात राई सोसाईटी स्वीटजरल्यान्ड प्रतिनिधी सामदुंग राई, किरासो फ्रान्स प्रतिनिधी सामुन राई, विशेष अतिथि, वदन योङ्गहाङअध्यक्ष,किरात याक्थुम चुम्लुंग बेल्जियम, ओमराज गुरूंग अध्यक्ष तमुसमाज वेल्जियम , बिशेष लोक राना अध्यक्ष विश्व मगर संघ वेल्जीयम, ओम प्रशाद तमु अध्यक्ष सिक्लेस पार्चे कल्याण कोष,  पिडि शेर्पा अध्यक्ष शेर्पा समाज वेल्जीयम, तामांग समाज बेल्जियम अध्यक्ष लालिंग तामांग, दीपक क्षैत्री अध्यक्ष क्षेत्री समाज वेल्जीयम, गंगाधर गौतम, प्रवक्ता गैरआवाशीय नेपालीसंघ अन्तर्राष्ट्रिय समन्वय परिषद, अतिथिहरुमा मनिस गुरुंग उपा अध्यक्ष जन प्रगतिशिल मन्च बेल्जियम, नरहरी सापकोटा अध्यक्ष नवलपुर समाज वेल्जीयम, नेत्र मगरअध्यक्ष संघीय समाज वादी वेल्जियम, इस्वरी कडेल अध्यक्ष चितवन सहायताकोष वेल्जियम, झलक केसी प्रमुख संरक्षक अन्तर्राष्ट्रिय पर्बत समाज, भीम सुवेदी आई सी सी सदस्य गैरआवाशीय नेपालीसंघ अन्तर्राष्ट्रिय समन्वय परिषद रहेका थिए ।

त्यस्तै, सुवास गुरूङ्ग सभापति, जन सम्पर्क समिति वेल्जियम, नन्द कुमारी गुरूङ्ग अध्यक्ष पर्बत समाज वेल्जीयम, अनिल थापा अध्यक्ष ,प्रवासी एकता समाज वेल्जीयम, वालकृष्ण कडेल अध्यक्ष नेपाली एकता समाज, माधब सापकोटा अध्यक्ष स्वतन्त्र प्रवासी नेपाली मञ्च वेल्जियम, दिल निशानी मगर, केन्द्रीय सदस्य प्रेस सेन्टर नेपाल, सनत आचार्य, पंचम अधिकारी पत्रकार, सुमन थापा अध्यक्ष मोना वेल्जीयम, चन्द्र कुमारी ईशा गुरूंग निबर्तमान अध्यक्ष नेकपा एमाले बेल्जियम रहेका थिए ।

कार्यक्रममा, अतिथि जीवन गुरूङ्ग अध्यक्ष कास्की समाज वेल्जीयम, पूर्बेली समाज निबर्तमान अध्यक्ष अनन्त वस्ती, मिन क्षैत्री महासचिब क्षेत्री समाज वेल्जीयम, पूर्बेली समाज अध्यक्ष कौशल खनाल, मीन्ड गुरूङ्ग अध्यक्ष इन्द्र धनुस कल्व वेल्जियम, नारायण अधिकारी अध्यक्ष साङ्रग्रीला समाज वेल्जीयम, बरिष्ठ उपांध्यक्ष जिमी गुरूंग यूरो नेपाल कलाकार संघ वेल्जियम लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व इन्दिरा राई र महासचिब सबनम राईले सन्चालन गरेको कार्यक्रमको ब्यबस्थापन देब, सरु, मनिस तमु आधि सोतांग सुमन ,मालती , रेणुका ,मुना , मोनी ,तारा   समुन राई मदिप राई , गोपाल भबिन सुबास श्रेया सोनिया राई लगायतले गर्नु भएको र झन्डै पाच सय नेपाली र बिदेशीहरूको उपस्थितिमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएको थियो ।

कार्यक्रमका तस्बिरहरु : 

Leave a Reply