Home Login

पोर्चुगल —  पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कमाथि ५-२ गोलअन्तरको सानदार जित दर्ता गर्दै पोर्चुगलले अन्तिम चारमा स्थान पक्का गरेको हो । आफ्नै मैदानमा भएको खेलमा पोर्चुगल निकै हाबी बनेको थियो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसहित फ्रान्सिस्को, गोन्कालो रामोसले एकएक गोल गरेका थिए भने एक […]

इटाली —  गैर आवासीय नेपाली संघ (एनआरएन) इटालीकाअध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउनएनआरएनए उच्चस्तरीय समितिले  खोलेको वेबसाइटमागएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्। सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै  बद्री केसी पक्षले  सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले  आफ्नै  वेबसाइट (www.nrnahlc.com) खोलेर निशुल्क सदस्यता वितरणसुरु गरेको छ।   “अहिलेको एमआइएस प्रणालीमा […]

जापान। धादिङ जिल्ला जन्मथलो भई रोजगार तथा अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूको छाता संस्था, धादिङ समाज जापानको छैटौँ अधिवेशन आइतवार मार्च २३ तारिख टोकियो सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको मुरा हलमा सम्पन्न भएको छ। साथै छैटौँ अधिवेशनले बिमल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा […]

बेल्जियम — पछिल्लो समयको चर्चित लोकदोहोरीका गायक  पशुपति शर्मा नेपाली नयाँ वर्ष २०८२ मनाउनको लागि युरोपको विभिन्न देश आउने भएका छन्। फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रम अप्रिल ५ देखि सुरु भई अप्रिल २७ सम्म उनको युरोप यात्रा रहने भएको छ। शर्माको युरोपमा पहिलो कार्यक्रम फिनल्यान्डमा अप्रिल ५ तारिख हुने भएको छ। शर्मा […]

लन्डन । हिथ्रो विमानस्थल शनिवार देखि पूर्ण रुपमा सञ्चालनमा आएको विमानस्थल प्रशासनले बताएको छ । विमानस्थलको सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल ‘पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थलका एक प्रवक्ताले बताउनुभयो । विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय लण्डन विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिकरूपमा उडान सेवा […]

बेलायत — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुग्नुभएको छ । अस्ट्रेलिया निवासी धनाढ्य घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिनु भएको हो । उहाँलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति, पदाधिकारी, तमुधीं यूकेलगायतले विमानस्थलमा स्वागत गरेका थिए । युरोप भ्रमणमा रहेका व्यवसायी घले आइतबार हुने एनआरएनए यूकेको […]

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन्। प्रहरीका अनुसार  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने पीडितहरूको […]

युरोपाटी संवाददाता— अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ६८ औ मिनेटमा थियागो अल्माडाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लियोनेल मेसी, पाउलो डिबाला जस्ता स्टार खेलाडी बिना अर्जेन्टिनाले जित हासिल गरेको छ […]

काठमाडौं। नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ। फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक पराजित गरेको हो। सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो। नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए। मनिष डाँगीले दाया विंगबाट दिएको पासलाई उनले पहिलो टचमै गोलमा […]

युरोपाटी संवाददाता— नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ४ भाइ इभेन्टद्वारा नेपाली नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०८२ आयोजना हुने भएको छ । कार्यक्रम आउदो अप्रिल २१, २०२५ अर्थात बैशाष ८ , २०८२ सोमबारका दिन नर्वेको राजधानी ओस्लो नजिकै Gårdsveien 6, 0952 Oslo, नर्वेमा उक्त सास्कृतिक कार्यक्रम आयोजना हुन गहिरहेको छ । उक्त कार्यक्रममा नेपालका ख्यातिप्राप्त […]