Home Login

मुख्य विशेषताहरू : — स्थानीय किंवदन्तीअनुसार १३०० वर्ष पुरानो धार्मिक इतिहास। — हरिबोदनी एकादशीमा लाग्ने विशेष मेला, झाँक्री नृत्य मुख्य आकर्षण। — प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचुर सम्भावना। धादिङ — धादिङ जिल्लाको उत्तरी भेगमा अवस्थित गंगाजमुना गाउँपालिकामा पर्ने गंगाजमुना झरना, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको एक अनुपम संगम हो । स्थानीय किंवदन्तीहरूले यस स्थललाई […]

नेदरल्याण्ड्स —  बेल्जियम अधिराज्यका लागि नेपाली राजदूत सेवा लम्सालले बुधबार नेदरल्याण्ड्स अधिराज्यका महामहिम राजा विलेम-अलेक्जेन्डरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । उहाँ नेदरल्याण्ड्सका लागि गैर-आवासीय नेपाली राजदूत हुनुहुन्छ । हेगस्थित ऐतिहासिक नुरडेइन्डे राजदरबारमा आयोजित एक भव्य तथा विशेष समारोहका बीच राजदूत लम्सालले महामहिम राजासमक्ष उक्त ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । प्रमाणपत्र प्रस्तुती समारोह […]

साइप्रस — रोजगारीको सिलसिलामा युरोपेली मुलुक साइप्रस पुगेका मिङ्मार शेर्पाले आफ्नो भोगाइ र त्यहाँको परिवेशलाई समेटेर नयाँ तामाङ सेलो गीत ‘साइप्रस युरोप देश’ सार्वजनिक गरेका छन् । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि साइप्रस जाने नेपालीहरूको सङ्ख्या बढिरहेको सन्दर्भमा, यो गीतले धेरैको ध्यान तानेको छ । सार्वजनिक गीतमा लोकप्रिय गायक संजीव घिसिङ र गायिका रामसाली […]

पोर्चुगल — पोर्चुगलमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका एकजना कर्मठ नेपाली समाजसेवी तथा वामपन्थी अभियन्ता भण्डारीको निधन भएको छ । उहाँको निधनको खबरसँगै पोर्चुगल तथा युरोपमा रहेका प्रवासी नेपाली समुदाय स्तब्ध बनेको छ । स्वर्गीय भण्डारी हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँले पोर्चुगलमा नेपाली समुदायको हकहित र जनसंगठन विस्तारमा नेतृत्वदायी भूमिका […]

(पोर्चुगलको नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन ऐतिहासिक सहकार्यको सुरुवात) पोर्चुगल —  पोर्चुगलको सक्रिय र प्रतिष्ठित सामुदायिक संस्था नेपाली क्लब साओ टियोटोनियोले आफ्नो बहुप्रतीक्षित फुटबल प्रतियोगिता “दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५” को लागि आधिकारिक मिडिया पार्टनरको रूपमा युरोपाटीलाई चयन गरेको छ । क्लबले एक “गौरवशाली घोषणा” जारी गर्दै यस महत्त्वपूर्ण साझेदारीको औपचारिक जानकारी दिएको हो […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको संसदले राष्ट्रियता कानूनमा महत्वपूर्ण संशोधनहरू अनुमोदन गरेको छ । लामो बहस र मतदानपछि पारित यी परिवर्तनहरूले पोर्चुगलको नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप कडा बनाएको छ । संसदमा भएको अन्तिम समग्र मतदानमा, विधेयकको पक्षमा १५७ मत र विपक्षमा ६४ मत परेको थियो । यो परिणाम दुई तिहाइ भन्दा बढीको बहुमत हो । […]

‘भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ को नारालाई निरन्तरता दिने प्रतिवद्धता’ साइप्रस — “तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन” भन्ने मूल नाराका साथ सन् २०१६ अक्टोबर २३ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रसले आफ्नो नवौं वार्षिकोत्सव एक भव्य, सभ्य र सांस्कृतिक समारोहबीच सम्पन्न गरेको छ । स्थापनाको प्रारम्भिक दिनदेखि नै साइप्रसमा रहेका तामाङ […]

पोर्चुगल — युरोपाटीकर्मी गायक अर्जुन भुसालको आवाजमा ‘बाटो फरक भो’ गीत सार्वजनिक भएको छ । उक्त गीतमा भुसाल र गायिका शान्ति श्री परियारको आवाजमा रहेको छ । उक्त गीत संगीतकार अमित बाबु रोकाएको युट्युब च्यानलबाट बाटो सार्वजनिक भएको हो । हिजो माया गरेको मान्छे आज अर्कैको हुँदा विगतको प्रेम सम्बन्धलाई जोडेर यो गीत सार्वजनिक गरिएको संगीतकार […]

पोर्चुगल (लिस्बन) — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २’ युरोपेली राष्ट्र पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र आगामी नोभेम्बर ९ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा […]

युरोपेली संघ (इयू) ले सामाजिक सञ्जालका दिग्गज कम्पनीहरू मेटा (फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी) र टिकटकलाई पारदर्शिता नियमहरू उल्लङ्घन गरेको आरोप लगाएको छ । यो कारबाही युरोपेली संघको डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत गरिएको अनुसन्धानपछि भएको हो । दोषी पाइएमा, दुवै कम्पनीहरूले अर्बौं डलरसम्म जरिवाना भोग्नुपर्ने हुन सक्छ । युरोपेली संघले २०२४ मा मेटा र […]