Home Login

फ्रान्स — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक महत्वको टापु ग्रीनल्याण्डमा अमेरिकी नियन्त्रणको प्रयासलाई युरोपेली राष्ट्रहरूले विरोध गरेको भन्दै आठ देशहरू विरुद्ध कडा व्यापारिक प्रतिबन्धको घोषणा गरेका छन् । ट्रम्पले आगामी फेब्रुअरी १ देखि लागु हुने गरी डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्याण्ड र फिनल्याण्डबाट आयात हुने सबै सामानमा १० प्रतिशत भन्सार शुल्क लगाउने बताएका […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा यतिबेला राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । लामो समयदेखि सत्तामा रहेका वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डि सुसाको कार्यकाल सकिन लागेसँगै मुलुकले नयाँ अभिभावक खोजिरहेको छ । यही आउँदो आइतबार, अर्थात् २०२६ जनवरी १८ तारिखका दिन पोर्चुगलमा नयाँ राष्ट्रपतिको चयनका लागि मतदान हुँदैछ । वर्तमान संविधान अनुसार कुनै पनि व्यक्तिले लगातार […]

विश्व आर्थिक मञ्चले सन् २०२६ को जनवरीमा सार्वजनिक गरेको ‘विश्वव्यापी जोखिम प्रतिवेदन २०२६’ ले गलत सूचना र भ्रामक जानकारीलाई विश्वको प्रमुख चुनौतीका रूपमा औँल्याएको छ । प्रतिवेदनका अनुसार विश्वव्यापी रूपमा गलत सूचनाको प्रवाह छोटो अवधिका लागि दोस्रो ठूलो जोखिम हो भने दीर्घकालीन रूपमा यो चौथो ठूलो जोखिमको रूपमा देखा परेको छ । प्रविधिको तीव्र विकाससँगै […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलले वातावरण संरक्षण र फोहोर व्यवस्थापनमा क्रान्तिकारी कदम चाल्दै आगामी १० अप्रिल, २०२६ देखि देशव्यापी रूपमा ‘निक्षेप र फिर्ता प्रणाली’ (SDR) कार्यान्वयनमा ल्याउने भएको छ । यस नयाँ नियम अनुसार, उपभोक्ताले प्लास्टिकका बोतल (PET) र आल्मुनियमका क्यानमा रहेका पेय पदार्थ खरिद गर्दा प्रति बोतल वा क्यान १० सेन्ट अतिरिक्त शुल्क बुझाउनुपर्नेछ । […]

इटाली — इटालीको ट्रिएस्त शहरमा आश्रयको पर्खाइमा रहेका ४३ वर्षीय नेपाली नागरिक सुनील तामाङको निधन भएको छ । लामो र कठिन यात्रा तय गरी युरोप पुगेका तामाङको जनवरी १२ मा उपचारका क्रममा कात्तिनारा अस्पतालमा मृत्यु भएको हो । गत जनवरी १० मा तामाङ ट्रिएस्तको पोर्तो भेकियोस्थित एउटा पुरानो र जीर्ण भण्डार गृहमा अचेत अवस्थामा भेटिएका […]

लिस्बन (पोर्चुगल) — तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ को पावन अवसर पारेर पोर्चुगलमा सांगीतिक साँझको आयोजना हुने भएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको मुख्य आयोजनामा हुन गइरहेको यस विशेष कार्यक्रमका लागि नेपाली सुगम संगीतका धरोहर तथा ‘राई इज किङ’ का उपनामले परिचित चर्चित गायक राजेश पायल राई पोर्चुगल आउने […]

लिस्बन (पोर्चुगल) — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक पोर्चुगलमा बस्दै आएका एक नेपाली युवाको उपचारका क्रममा असामयिक निधन भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुर स्थायी घर भएका ३० वर्षीय शंकर श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । विगत केही समयदेखि पोर्चुगलको ‘एम.न्हा दास ओन्डास’ (M.nha das Ondas) क्षेत्रमा बसोबास […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको मौसम विज्ञान तथा भूभौतिकी संस्थान (IPMA) ले यस शनिबार, १७ जनवरीका लागि देशका विभिन्न भागहरूमा मौसम प्रतिकूल रहने जनाउँदै विशेष चेतावनी जारी गरेको छ । आजको दिन विशेष गरी समुद्री किनारमा जाने वा पहाडी भूभागमा यात्रा गर्नेहरूका लागि चुनौतीपूर्ण हुन सक्ने देखिएको छ । देशको तटीय क्षेत्रमा समुद्र निकै अशाान्त रहने […]

पोर्चुगल — मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोर्चुगलले इरानको राजधानी तेहरानमा रहेको आफ्नो दूतावास अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ । पोर्चुगिज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो संवेदनशील निर्णय सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार दूतावास बन्द गर्ने यो निर्णय जनवरी १४ (हिजो) लिइएको हो । यस कदमसँगै […]

पोर्चुगल — पोर्चुगलले इरानमा प्रदर्शनकारीमाथि भइरहेको हिंसात्मक दमनको कडा शब्दमा भर्त्सना गरेको छ । इरानी सुरक्षा बलहरूले आफ्नो अधिकारको माग गर्दै सडकमा उत्रिएका नागरिकहरूमाथि गरेको बल प्रयोग र दमनलाई अस्वीकार्य भन्दै पोर्चुगल सरकारले गम्भीर चिन्ता व्यक्त गरेको हो । पोर्चुगलले इरानी सरकारलाई आफ्ना नागरिकहरूको मौलिक अधिकारको सम्मान गर्न विशेष आह्वान गरेको छ । अभिव्यक्ति स्वतन्त्रता र […]