Home Login

लन्डन — यही नोभेम्बर १५ तारिख शनिबार, लन्डनस्थित ग्रीनफोर्ड हलमा इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५ भव्य रूपमा आयोजना हुने भएको छ । इन्फा इभेन्ट यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको इन्फा अवार्ड नेपाली फिल्म तथा फिल्मकर्मीहरूको एक महाउत्सवका रूपमा मनाइनेछ । इभेन्टमा नेपाल र विदेशमा रहेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार, निर्देशक, […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले नर्वेमा बसेका नेपालीहरूसँग भेट्दै देशको समृद्धि र विकासका लागि देश–बिदेशमा रहेका नेपालीबीचको एकता र सामूहिक प्रयास अनिवार्य रहेको बताइन् । नर्वेमा आयोजित कार्यक्रममा उनले भनिन्, “बिदेशमा बसेर मात्र केही हुँदैन, यहाँको संगठन, सामर्थ्य र एकताको बलले नै देश बन्ने हो। देश बन्दै गर्दा अबको १५–२० वर्षमा हामीले […]

पोर्चुगल — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र भोलि आइतबारदेखि नोभेम्बर ९ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा […]

लिस्बन — पोर्चुगल सरकारले आफ्नो विश्वव्यापी कूटनीतिक सञ्जाल विस्तार गर्ने महत्वपूर्ण योजना अघि सारेको छ । राज्य तथा विदेश मामिला मन्त्री पाउलो रङ्गेलले भियतनाममा पोर्चुगिज दूतावास ‘अब खुल्नेछ’ भनी घोषणा गर्नुभएको छ । सन् २०२६ को राज्य बजेट (OE2026) सम्बन्धी संयुक्त संसदीय सुनुवाइको क्रममा बोल्दै मन्त्री रङ्गेलले भन्नुभयो, ‘द्विपक्षीय कूटनीतिको सन्दर्भमा, हामी यसलाई स्पष्ट रूपमा […]

ललितपुर –   सेफ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष तथा महालक्ष्मी कलिनरी आर्टस् का प्रबन्ध निर्देशक  पुष्प थापामगर  ‘फादर अफ सेफ्स’ उपाधिबाट सम्मानित  हुनुभएको छ । शनिबार महालक्ष्मी कलिनरी आर्टस् नेपालको  २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित बिशेष  कार्यक्रममा  सेफ्स एशोसिएसन अफ नेपाल र ग्रीन एग्रो नेपालको तर्फबाट थापामगरलाई  ‘फादर अफ सेफ्स’ उपाधिबाट  बिशेष सम्मान  गरिएको  हो […]

पोर्चुगलका प्रबन्ध निर्देशक पाब्लो पास्टेगाद्वारा रेडे एक्सप्रेसोसमाथि ‘एकाधिकार’ चलाएको आरोप; युरोपेली आयोग जाने चेतावनी लिस्बन — जर्मन बहुराष्ट्रिय यातायात कम्पनी फ्लिक्सबसले लिस्बनको मुख्य बस टर्मिनल (सेटे रियोस) मा पहुँचमा भएको अवरोधका कारण सन् २०२४ मा १२.५ मिलियन युरो (करिब १ अर्ब ६५ करोड नेपाली रुपैयाँ) को घाटा व्यहोरेको खुलासा गरेको छ । कम्पनीले यो घाटा […]

नोभेम्बरको तेस्रो हप्ताका लागि अपोइन्टमेन्ट लिन सकिने, दूतावासद्वारा आवश्यक कागजातसहित बायोमेट्रिक्सका लागि आउन सूचित लिस्बन —  पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ । दूतावासले आज, ०७ नोभेम्बर २०२५, शुक्रबार साँझ ५ बजेदेखि आगामी नोभेम्बर महिनाको तेस्रो सप्ताहका लागि आवेदन खुला गरेको हो । यो सूचना विशेष […]

(बार्सिलोनामा सम्पन्न चौथो अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि ३१ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गर्‍यो; युरोपभरका कलाकारलाई समेट्दै लोक संस्कृतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता ।) बार्सिलोना, स्पेन — नेपाली लोक साहित्य, संस्कृति र दोहोरी गीतको युरोपमा प्रवर्द्धन, संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, युरोप शाखाको चौथो अधिवेशन स्पेनको बार्सिलोनामा भव्यताका साथ […]

बुखारेस्ट (रोमानिया) — रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि रोमानियामा कार्यरत एक नेपाली युवकले आत्महत्या गरेका छन् । धादिङ जिल्ला धुनिवेशी नगरपालिका, वडा नं १ घर भएका २६ वर्षीय रोजन धितालले शुक्रबार आत्महत्या गरेको दुखद खबर प्राप्त भएको छ । जानकारी अनुसार, धिताल रोमानियाको सेक्टर–२ स्थित आफ्नै कोठामा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी […]

जर्मनी — पछिल्लो समय नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय प्रदर्शनले तीव्रता पाइरहेको छ । यसै क्रममा, गत अगस्तमा नेपालमा रिलिज भएको चलचित्र ‘मोहर’ को युरोपेली मुलुक जर्मनीमा विशेष प्रदर्शन हुने पक्का भएको छ । प्राप्त जानकारीअनुसार, चलचित्र आउँदो नोभेम्बर ८ तारिख, शनिबारका दिन जर्मनीको न्यू म्याक्सिम सिने हलमा प्रदर्शन गरिनेछ । प्रवासमा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै […]