Home Login

लिमासोल, साइप्रस — गर्मी मौसमको मध्यतिर आइपुग्दा साइप्रसका पर्यटकीय क्षेत्रहरूमा चहलपहल ह्वात्तै बढेको छ । होटल व्यवसायी संघ (पासिक्से) का अनुसार, टापुका होटलहरू अगस्ट महिनाको मध्यमा लगभग पूर्ण रूपमा भरिने अवस्थामा पुगेका छन्, जसले पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएको छ । यद्यपि, अनियन्त्रित रूपमा सञ्चालित छोटो अवधिका भाडाका सम्पत्तिहरूले समग्र पर्यटन उद्योगमा चुनौती खडा गरेको छ […]

पोर्चुगल —  सात समुद्रपारि रहे पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने नेपालीहरूको संकल्प साँच्चै प्रशंसनीय छ । यही संकल्पलाई मूर्तरूप दिँदै, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा पोर्चुगलको राजधानी लिस्बन नेपाली कला र संस्कृतिमा झुम्न आतुर छ । चितवन समाज पोर्चुगलको आयोजनामा हुन लागेको एक भव्य तथा निःशुल्क तीज विशेष सांस्कृतिक […]

पोल्याण्ड — नेपाली लोक संगीतकी चर्चित गायिका शान्ति श्री परियार आफ्नो युरोप भ्रमणको क्रममा पोल्याण्ड आइपुगेकी छिन् । मगर संघ पोल्याण्डको आयोजनामा हुन लागेको “शान्ति श्री परियार सांस्कृतिक साँझ २०२५” का लागि उनी यहाँ आइपुगेकी हुन् । कार्यक्रम यही आउँदो अगस्ट १५ तारिखका दिन पोल्याण्डको प्रमुख शहर लोड्जमा अवस्थित होटल रुबिनमा भव्यताका साथ आयोजना हुने […]

क्यानडा — क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला सम्पन्न भएको छ । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । प्रमुख अतिथि राजदुत पौडेलले यस्ता कार्यक्रमहरुले प्रवासमा नेपाली समुदायलाई एकतावद्ध बनाउने र दोश्रो पुस्तालाई नेपाल र नेपाली संस्कृति परम्पराका बारेमा जानकारी गराउन मद्दत पुग्नुका साथै नेपालको पर्यटकीय प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु […]

लिस्बन, पोर्चुगल — पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका जंगलहरूमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर जाँदा देश संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । आज दिउँसो १२:०५ बजे नागरिक सुरक्षा प्राधिकरण (ANEPC) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार, पाँच सबैभन्दा बढी प्रभावित क्षेत्रमा मात्रै लगभग १,९०० अग्निनियन्त्रकहरू आगो निभाउन खटिएका छन् । देशको मध्य र उत्तरी भागका अर्गानिल […]

लिस्बन, पोर्चुगल — पोर्चुगलमा मनाइने ‘अजम्प्सन अफ मेरी’ (Assumption of Mary) पर्वको अवसरमा यही आउँदो मिति २०८२ साल साउन ३० गते शुक्रबार, तदनुसार १५ अगस्ट २०२५ का दिन लिस्बनस्थित नेपाली दूतावास बन्द रहने भएको छ । दूतावासले बुधबार एक सूचना प्रकाशित गरी उक्त दिन सार्वजनिक बिदा परेकाले राजदूतावासका कन्सुलर सेवा लगायत अन्य सबै कामकारबाही बन्द […]

काठमाडौं — सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा जीडीले ‘पहाडको छोरो’ गीत सार्वजनिक गरेका छन्। फैजी फिल्म प्रडक्सनले तयार पारेको ‘पहाडको छोरो’ गणेश (जीडी) युट्युव च्यानमा १० लाख सस्क्राइभर पुगेको अवसरमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो। गीतपछि बोल्दै गणेश देवकोटा (जीडी) ले, आफ्नो युट्युव च्यानलमा दश लाख सस्क्राइभर पुगेको अवसर पारेर ‘पहाडको छोरो’ […]

लन्डन — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको दुइ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात पाँच अर्ब रुपैयाँ बढी भएको बताएका हुन् […]

पोर्चुगल – नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले एक विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी अगस्ट १७ तारिख, आइतबारका दिन लिस्बनको अल्मेडास्थित महात्मा गान्धी राधा कृष्ण मन्दिरमा सम्पन्न हुनेछ । कार्यक्रमलाई […]

पोर्चुगल — पोर्चुगलमा रहेका नेपाली नारीहरूको साझा संस्था, नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले आउँदै गरेको हरितालिका तिजको अवसरमा एक विशेष साँस्कृतिक कार्यक्रम “तिज धमाका” को आयोजना गर्ने भएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेको लिस्बनको मुटु मानिने मार्तिम मुनिज पार्कमा यही अगष्ट २४ तारिख, आइतबारका दिन यो भव्य कार्यक्रम सम्पन्न हुने संस्थाकी अध्यक्ष शान्ति अर्याल […]