Home Login
राजदूतावास

राष्ट्रिय शोकका कारण म्याड्रिडस्थित नेपाली दूतावास भोलि बन्द रहने

म्याड्रिड — स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावास भोलि, १७ सेप्टेम्बर २०२५, बुधबारका दिन बन्द रहने भएको छ । राष्ट्रिय शोक मनाउनका लागि दूतावास बन्द रहने व्यहोरा राजदूतावासले एक सूचनामार्फत जानकारी गराएको हो ।

दूतावास बन्द हुने भएपछि भोलिका लागि तय भएका राहदानी आवेदन लगायतका अन्य कन्सुलर सेवाहरू प्रभावित हुनेछन् ।

यसैबीच, दूतावासले भोलिका लागि राहदानी दरखास्त फाराम भर्न समय लिएका आवेदकहरूका लागि वैकल्पिक व्यवस्था गरेको छ । सूचनाअनुसार, उनीहरूले अब आउँदो २६ सेप्टेम्बर २०२५ भित्र कुनै पनि दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दूतावासमा उपस्थित भएर आफ्नो राहदानी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन् ।

राजदूतावासले यस आकस्मिक परिवर्तनबाट सेवाग्राहीहरूमा पर्न सक्ने असुविधाका लागि क्षमा मागेको छ ।

Leave a Reply