अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् ।
उनी मंगलबार राति बेलायत पुगेका हुन् । भ्रमणका दौरान शाही कार्यक्रम, व्यापार वार्ता र अन्तर्राष्ट्रिय राजनीतिको विषय प्राथमिकतामा छन् ।
बेलायतको उडान भर्नुअघि ट्रम्पले आफ्नो सम्बन्ध बेलायतसँग धेरै राम्रो रहेको बताएका थिए । भ्रमणका क्रममा ट्रम्पको राजा चाल्र्ससँग भेट हुनेछ । राजकीय स्वागतमा राजा चाल्र्स, महारानी क्यामिला, राजकुमार विलियम र क्याथरिन लगायत वरिष्ठ शाही सदस्यहरू सहभागी हुनेछन् ।
ट्रम्पको भ्रमण सेप्टेम्बर १९ सम्म बेलायतमा हुनेछन् । यो ट्रम्पको बेलायतको दोस्रो राजकीय भ्रमण हो र दुई पटक बेलायतको राजकीय भ्रमण गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति बानाका छन् ।
भ्रमणको क्रममा, ट्रम्प दम्पतीलाई दक्षिण-पूर्वी इङ्गल्याण्डको बर्कशायरस्थित विन्डसर फिल्डमा वेल्सका राजकुमार र राजकुमारी विलियम र केटले औपचारिक रूपमा स्वागत गर्नेछन् । यसपछि, उनीहरूले सामूहिक रूपमा राजा चार्ल्स र रानी क्यामिलालाई भेट्नेछन् ।
बकिङ्घम दरबारले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै भ्रमण बारे जानकारी दिएको छ । ट्रम्प दम्पतिलाई राजा र रानीले औपचारिक रूपमा स्वागत गर्ने र विन्डसर महलको पूर्वी लन र लन्डनको टावरबाट शाही सलामी दिने बताएको छ ।