Home Login

जसमान दर्नाल जिवन । क्रोएसिया — पछिल्लो समय नेपाली युवाहरूका लागि युरोप प्रवेश गर्ने प्रमुख ‘ट्रान्जिट पोइन्ट’ बनेको क्रोएसियामा रहेका करिब ३० हजार नेपाली यतिबेला गम्भीर संकटमा परेका छन् । आफ्नो राहदानी (पासपोर्ट) को म्याद सकिए पनि समयमै नवीकरण गर्न नपाउँदा उनीहरूको कानुनी अस्तित्व नै खतरामा परेको हो । नेपाल सरकारको प्रतिनिधि संस्थाका रूपमा रहेको […]

पोल्याण्ड — हालै ‘द सन्डे टाइम्स’ र ‘टिभीपी वर्ल्ड’मा प्रकाशित रिपोर्ट अनुसार पोल्याण्डले विगत केही दशकमा उल्लेखनीय आर्थिक प्रगति गरेको छ । १९९० दशकमा बेलायतको तुलनामा निकै कमजोर अर्थतन्त्र रहेको पोल्याण्ड अहिले तीव्र गतिमा अगाडि बढ्दै, आर्थिक रुपमा बेलायतसँगको दूरी छोट्याउँदै गएको छ । १९९५ मा पोल्याण्डको प्रति व्यक्ति जीडीपी बेलायतको केवल करिब ३६ प्रतिशत […]

कार्डिफ (वेल्स) – एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको संयोजन तथा एनआरएनए यूकेको सहकार्यमा नेपाली राजदूतावास लन्डनबाट वेल्सको राजधानी कार्डिफस्थित वाईएमसीए प्लस भवनमा राहदानी सेवासहितको कन्सुलर शिविर सम्पन्न भएको छ । बिहान ११ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहभागिता देखियो । कार्यक्रमको प्रारम्भमा एनआरएनए यूके राज्य समन्वय परिषद् […]

लन्डन — गएको झन्डै दुइ दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड  जितेको छ । आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवार्ड्स २०२५ मा उक्त पुरस्कारको घोषणा गरिएको थियो। मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा पुरष्कृत […]

आयरल्याण्ड — नेपाली राजदूतावास लण्डनले आयरल्याण्डमा घुम्ती कन्सुलर शिविर आयोजना गर्ने भएको छ । दूतावासका अनुसार शिविर आगामी २ नोभेम्बर आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म पार्नेल स्क्वाएर वेष्ट, रोटुण्डा, डब्लिनमा सञ्चालन हुनेछ। उक्त शिविरमा राहदानी नवीकरणसहित विभिन्न कन्सुलर सेवा प्रदान गरिने दूतावासले जनाएको छ । राहदानी नवीकरणका लागि आवेदन दिने नेपाली नागरिकहरूले दूतावासको […]

इटली – चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले आफ्नो सांगीतिक यात्रालाई युरोपसम्म विस्तार गर्ने भएका छन् । उनले ‘रमाइलो युरोप टुर’ नामक सांगीतिक कार्यक्रममार्फत युरोपका विभिन्न देशमा रहेका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका हुन् । यो सांगीतिक भ्रमणमा उनको साथमा चर्चित मोडल ओबी रायमाझी पनि रहनेछन् । गायक सेन्चुरीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल […]

फिनल्यान्ड —  युरोपेली राष्ट्र फिनल्यान्डमा मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक नेपाली नागरिक पक्राउ परेका छन् । फिनल्यान्डको काइनु जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको छ । पक्राउ पर्ने व्यक्ति ४२ वर्षीय नेपाली भाषी पुरुष भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । के हो आरोप ? ती व्यक्तिमाथि अवैध रूपमा […]

फ्रान्स — युरोपेली संसदले मंगलबार एक महत्वपूर्ण कानून पारित गर्दै युरोपेली संघको सुरक्षामा खतरा उत्पन्न गराउने वा गम्भीर मानव अधिकार उल्लङ्घन गर्ने देशहरूका लागि भिसा-मुक्त यात्राको सुविधा रद्द गर्न सजिलो बनाएको छ । यो नयाँ नियमले युरोपेली संघ लाई आफ्नो भिसा नीतिलाई थप सुदृढ बनाउन र सदस्य राष्ट्रहरूको सुरक्षा सुनिश्चित गर्न बलियो अधिकार प्रदान गरेको […]

पोर्चुगल (लिस्बन)  — युरोपेली मुलुक पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा वर्षमा दुई पटक घडीको समय परिवर्तन हुने गर्दछ । यो परिवर्तनलाई ‘डेलाइट सेभिङ टाइम’ (DST) को रूपमा चिनिन्छ र यसको मुख्य उद्देश्य दिनको उज्यालोको अधिकतम उपयोग गर्नु हो । युरोपेली नियम अनुसार, यहाँका देशहरूमा समय एक वर्षमा दुई पटक परिवर्तन हुन्छ : १. वसन्त ऋतुमा […]

विप्लव काफ्ले, स्पेन — कोष्टाव्लाङ्काको बेनिड्रोममा दसैँको दिन नेपालीहरु छमछमी नाचेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्काले आयोजना गरेको बडा दसैँ विशेष सांस्कृतिक कार्यक्रममा नेपालीहरु रमाएका हुन् । गायक तुलसी शिवाकोटीले गाउँ घरको सम्झनाले मनै रुवायो भन्दै दसै आयो- तिहार आयो गीत गाएर माहोल तताए । यस्तो मौका जुर्दैन बेला […]