क्यानडा

अमेरिका पुगे क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री कार्नी

क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका पुगेका छ । प्रधानमन्त्रीका रूपमा ट्रम्पसँग मार्क कार्नीको यो पहिलो भेट हो र विश्वले यसमा नजर राखेको छ।

ट्रम्पले भने, ‘क्यानडा मेरा लागि एक विशेष ठाउँ हो।’ उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने आफ्नो भनाइमा आफू अडिग रहेको पनि बताए।

ट्रम्पलाई जवाफ दिँदै मार्क कार्नीले भने, ‘कुनै ठाउँ कहिल्यै बिक्रीमा हुँदैन। क्यानडा र अमेरिकाबीचको सम्बन्ध पछिल्ला केही महिनादेखि तनावपूर्ण छ। व्यापारको विषयमा दुई देशबीच तनाव छ।

यति मात्र होइन, अमेरिकी राष्ट्रपति ट्रम्पले धेरैपटक क्यानडालाई अमेरिकाकै ५१औँ राज्य बनाउने भनेका छन् । यद्यपि, मार्क कार्नीले ट्रम्पको यो इच्छाको विरोध गरिरहेका छन्।

अप्रिल २९ मा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले क्यानाडाको आम चुनाव जित्यो । जितपछि कार्नीले भनेका थिए, यदि क्यानडा र अमेरिकाबीच कुनै व्यापार वा सुरक्षा सम्झौता छ भने त्यो क्यानडाको सर्तमा मात्र हुनेछ ।

— बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *