Home Login

बेलायत — गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुग्नुभएको छ । अस्ट्रेलिया निवासी धनाढ्य घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिनु भएको हो । उहाँलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति, पदाधिकारी, तमुधीं यूकेलगायतले विमानस्थलमा स्वागत गरेका थिए । युरोप भ्रमणमा रहेका व्यवसायी घले आइतबार हुने एनआरएनए यूकेको […]

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन्। प्रहरीका अनुसार  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सिंहले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने पीडितहरूको […]

बिहीबार घरेलु मैदानमा बहराइनलाई २-० ले हराएसँगै जापान २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। एसियामा छनोट तेस्रो चरणमा तीन खेल बाँकी रहँदा जापानले विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा विश्वकपमा स्थान पक्का गरिसकेका थिए। छनोट पार गरेर जापानले विश्वकप २०२६ मा स्थान पक्का गरेको हो। […]

भारत —  युक्रेन विरुद्धको जारी युद्धमा रुसी सेनाको लागि लड्दा पक्राउ परेका सात नेपाली नागरिकलाई रिहा गर्न नेपालले युक्रेनी अधिकारीहरूलाई आग्रह गरेको छ। यी व्यक्तिहरूलाई रुसले भर्ती गरेको र युद्धभूमिमा तैनाथ गरिएको बताइएको छ, जहाँ उनीहरूलाई पछि युक्रेनी सेनाले बन्दी बनाएको थियो। नेपालका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँ दिल्लीमा युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहासँग […]

युरोपाटी संवाददाता —  वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १७ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १५.०७ प्रतिशतले बढेका हुन् । गत आर्थिक वर्षको सो अवधिमा चार ६२ हजार ४६९ जनाले श्रम स्वीकृति लिएकोमा चालु […]

काठमाडौं । यस वर्षको सुरुमा चीनले लागूऔषध सम्बन्धी आरोपमा चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। क्यानेडाली अधिकारीहरूले यो खबरको पुष्टि गरेका छन्। ती सबैसँग दोहोरो नागरिकता थियो र उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताइन्। विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गरिन् र थपिन् कि उनले […]

अमेरिका — दुई नासा अन्तरिक्ष यात्री मंगलबार फ्लोरिडाको गल्फ कोस्टमा अवतरण गरेका छन्। उनीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा करिब नौ महिनासम्म बसेपछि पृथ्वीमा फर्किएका हुन्, जुन मूल योजना भन्दा लामो समय हो। स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुलले ती दुई अन्तरिक्ष यात्री— बुच विल्मोर र सुनिता विलियम्स—का साथै अन्य दुई जनालाई बोकेर फ्लोरिडाको गल्फ कोस्ट नजिकै तल्लाहासीको पानीमा […]

फ्रान्स । घरेलु मैदानमा पेनाल्टी सुटआउटमा पराजित भएपछि इङ्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम-१६ बाट बाहिरिन पुगेको छ । अन्तिम-८ को लागि भएको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजी सङ्ग लिभरपुलले पेनाल्टी सुटआउटमा हार बेहोर्नुपरेको हो । पहिलो लेगमा १-० ले अघि रहेको लिभरपुलले घरेलु मैदानमा भने १-० ले पछि पर्दै खेल पेनाल्टी सुटआउटमा लगेको […]

मार्च ०९, आइतबार — न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक च्याम्पियन ट्रफीको उपाधि जितेको छ।आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो।  टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो। यसअघि समूह चरणमा पनि भारतले न्यजिल्यान्डलाई ४४ […]

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौं फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उनलाई स्वागत गरेका थिए । पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित […]