बेलायत — पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनी सभाकी सांसद गीता गुरूङ बेलायत आएको बताइएको छ ।
समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पत्रमा लेखेकी छन् ।
गीता अब बेलायतमै बस्ने मनसायमा रहेको निकट स्रोतले बताइएको छ । उनी यसअघि नै बेलायत आउजाउ गर्ने गरेको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले बताए । उनका अनुसार, सांसद गुरूङ पछिल्लो २ महिनायता सम्पर्कमा थिइनन् ।
भैरहवाको सिद्वार्थ नगरकी स्थायी बासिन्दा सांसद गुरूङले बेलायतबाट हस्तलिखित राजीनामा पठाइएको खुलिएको छ ।
गुरुङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा भने पुगेको छैन । प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सांसद गुरूङको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा आइनसकेको जानकारी दिए । गीताका पति कैलाशको पनि मोबाइल फोन स्वीचअफ छ ।