Home Login

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्रीले आज, जुलाई १०, २०२५ मा राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी, ट्याप एयर पोर्चुगलको भविष्यबारे एक महत्वपूर्ण घोषणा गरेका छन् । लामो समयदेखिको अनिश्चितता र बहसलाई अन्त्य गर्दै, सरकारले ट्याप एयरलाइन्सको पूर्ण निजीकरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित एक विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले भने, “हामीले राष्ट्रिय […]

पोर्चुगल — गत वर्ष लिस्बन मेट्रोले लगभग १७ करोड ७० लाख यात्रुहरू ओसारपसार गरेको थियो, जुन २०२३ को तुलनामा ६.५% ले वृद्धि भएको हो । धितोपत्र बजार आयोगलाई बुझाइएको वित्तीय प्रतिवेदनमा अनुसार, २०२४ मा कुल १७ करोड ६७ लाख २७ हजार २ सय ८४ यात्रुहरू ढुवानी गरेको रिपोर्ट प्राप्त भएको छ । यो तथ्याङ्क वैध […]

लन्डन — नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले […]

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन वटा आणविक साइटमा अमेरिकाले आक्रमण गरेको बताएका छन् । अमेरिकाले फोर्डो, नतांज र इस्फहान साइटमा आक्रमण गरेको उनको दाबी छ ।  ‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले सामाजिक सञ्जाल […]

सुर्खेतस्थित कोपिला भ्याली स्कूल विश्वकै ५० उत्कृष्ट विद्यालयको सूचिमा पर्न सफल भएको छ । विश्वभर सकारात्मक सामाजिक परिवर्तन ल्याउन प्रेरणा दिने विद्यालयहरूलाई सम्मान गर्न प्रदान गरिने विश्वकै उत्कृष्ट विद्यालय पुरस्कारको बुधवार घोषणा गर्दा सो विद्यालय वातावरण अन्तरर्गत अन्तिम फाइनललिस्टको सूचिमा परेको हो । विद्यालयले आफ्नो शैक्षिक मोडेलमा वातावरणीय दिगोपनलाई एक महत्वपूर्ण अंशको रूपमा समेटेको छ […]

साइप्रस — आइतबार पाफोसबाट ब्रिस्टलका लागि उडेको इजीजेटको उडानले क्याबिनमा धुवाँको गन्ध आए पछि टर्कीमा आपतकालीन अवतरण गरेको छ । उडान लगभग ३६,००० फिटको उचाइमा थियो जब क्याप्टेनले उडान भरेको एक घण्टा २० मिनेट पछि इज्मिर विमानस्थलमा आपतकालीन अवतरण गरेको हो । एयरलाइभ प्लेटफर्मका अनुसार, विमान “अचानक टर्कीको पश्चिमतिर मोडियो र इज्मिर विमानस्थलमा ओर्लन थाल्यो”, […]

लिस्बन, पोर्चुगल – पोर्चुगलको वित्तीय क्षेत्रमा एक ऐतिहासिक सम्झौता भएको छ । अमेरिकी लगानी कोष, लोन स्टार फन्ड्स, र फ्रान्सको दोस्रो ठूलो बैंकिङ समूह, Groupe BPCE, बीच नोभो बान्कोको सम्पूर्ण शेयर पूँजी (€६.४ बिलियनमा) बिक्री गर्ने सहमति भएको छ । यो सम्झौताले नोभो बान्कोको पुनर्संरचना अवधिलाई समाप्त गर्दै पोर्चुगिज बैंकिङ बजारमा एक नयाँ अध्यायको सुरुवात […]

पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘भारतमा भएको […]

लण्डन — नेपाली दूतावास, अटवाले नेप्लिज कम्युनिटी अफ, लण्डन (एनसिएल) र एनआरएनए क्यानाडाको सहकार्यमा लण्डन, अन्टारियोमा दुई दिने कन्सुलर सेवा उपलब्ध गराएको छ।  जुन ७ र ८ मा साउथ साइड ग्रिलमा शिविर आयोजना गरिएको सह-आयोजक एनसिएलले जनाएको छ। सो शिविबाट दक्षिणपश्चिमी अन्टारियोका नेपाली डायस्पोराका १७८ जनाले आफ्नै शहरमा महत्त्वपूर्ण सरकारी सेवा प्राप्त गरेका थिए।  लण्डन, अन्टारियो धेरै नेपाली विद्यार्थीहरू भएको शहर हो। यो […]

काठमाडौँ — विश्वका सुरक्षित देशहरूको सूचीमा नेपालले आफ्नो स्थानमा सुधार गर्दै ८०औं स्थानमा उक्लिएको छ। विश्व शान्ति सूचकांक (Global Peace Index) २०२४ को पछिल्लो प्रतिवेदन अनुसार, १६३ देशहरूमध्ये नेपालले यो स्थान हासिल गरेको हो। इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (IEP) द्वारा वार्षिक रूपमा प्रकाशित हुने यो सूचकांकले देशहरूलाई तीन मुख्य मापदण्डहरूमा मूल्याङ्कन गर्दछ: सामाजिक सुरक्षा […]