Home Login

पोर्चुगल — पोर्चुगलका प्रमुख विमानस्थलहरूमा ग्राउन्ड ह्यान्डलिंग कर्मचारीहरूले गरेको हडतालका कारण यो सप्ताहन्त र अगस्ट महिनाभरि यात्रा गर्ने यात्रुहरूले उडानमा ढिलाइ र सम्भावित रद्दको सामना गर्नुपर्ने भएको छ । तलब वृद्धि र राम्रो काम गर्ने वातावरणको माग गर्दै कर्मचारीहरूले श्रृंखलाबद्ध रूपमा सप्ताहन्तमा हडतालको घोषणा गरेका हुन् । हडतालको आयोजना मेटलर्जिकल इन्डस्ट्रिज एण्ड एलाइड इन्डस्ट्रिज युनियन […]

पोर्चुगल — आउँदै गरेको हरितालिका तीजको अवसरमा पोर्चुगलमा बसोबास गर्ने लमजुङवासीहरूले एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । लमजुङ्गे चेलीबेटीहरूलाई दर खुवाउने तथा विशेष सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । आफ्नो मौलिक संस्कृति र परम्परालाई विदेशमा पनि जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा पोर्चुगलमा रहनुहुने सम्पूर्ण लमजुङवासी […]

माल्टा —  नेपाली लोकदोहोरी क्षेत्रकी प्रख्यात गायिका शान्ति श्री परियार, हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा युरोपका विभिन्न देशमा आफ्नो सांगीतिक प्रस्तुति दिन युरोप आउने भएकी छिन् । उनको यो पहिलो युरोपेली सांगीतिक यात्रा माल्टाको राजधानी भ्यालेटाबाट अगस्ट ९ तारिखमा सुरु हुने भएको छ । “नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया […]

काठमाडौँ —  सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको […]

पोर्चुगल — हमाल म्युजिक प्रा. लि.को गौरवमय प्रस्तुतिमा एक नयाँ नेपाली भजन “ब्रम्हा विष्णु महेश्वर” सार्वजनिक भएको छ । उक्त गीत हमाल म्युजिकको आधिकारिक युट्युब च्यानल मार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो । चर्चित गीतकार शिब हमालको शब्दमा तयार भएको यस भजनमा गोविन्द पंगेनीले लय भरेका छन् । भजनमा गोविन्द पंगेनी र लोकप्रिय गायिका समीक्षा […]

म्याड्रिड, स्पेन — युरोपको सबैभन्दा ठूलो बजेट एयरलाइन, रायनएयरका लागि म्याड्रिड-बाराजास एयरपोर्टमा ह्यान्डलिंग सेवाहरू प्रदान गर्ने कामदारहरूले वर्षको अन्त्यसम्ममा २२ दिनको हडतालको घोषणा गरेका छन् । यो घोषणाले यात्रुहरूमाझ ठूलो चिन्ता उत्पन्न गरेको छ र सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ । हडतालले विशेष गरी सप्ताहन्त र छुट्टीका दिनहरूमा असर पार्ने हुँदा हजारौं यात्रुहरूको […]

पोर्चुगल — टिकटकले युरोपका तीन देश जर्मनी, पोर्चुगल र स्पेनमा ‘टिकटक प्रो’ नामक नयाँ संस्करण सार्वजनिक गरेको छ । यो एपले प्रयोगकर्तालाई मनोरञ्जनको माध्यमबाट परोपकारी कार्यमा सहभागिता जनाउने अवसर प्रदान गर्छ । ‘टिकटक प्रो’ मा समावेश गरिएको “सनशाइन कार्यक्रम” मार्फत प्रयोगकर्ताले विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग गर्न सक्छन् । प्रयोगकर्ताले एपमा अरूलाई आमन्त्रण गर्नु, च्यारिटी सम्बन्धी […]

हङ्गेरी — हङ्गेरीमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् – हङ्गेरीले आउँदो हरितालिका तीजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ । सम्पूर्ण हङ्गेरीवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ । हरितालिका तीज २०८२ साल भदौ १० गते, मंगलबारका दिन […]

पोर्चुगल — नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा ‘तीजमा लुखुरी माईत दुकुरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  उक्त सार्वजनिक भएको गीतमा चर्चित गायिका शान्ति श्री परियारले आवाज दिएकी छिन् । गीतमा शान थापाको उत्कृष्ट शब्द रहेको छ […]

पाफोस, साइप्रस — आउँदो अगस्ट २४ तारिख, आइतबारका दिन साइप्रसको पाफोसमा ‘लामा अपार्ट’को आयोजनामा भव्य हरितालिका तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ । प्रवासमा रहेका नेपाली महिला तथा सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले तीजको सांस्कृतिक महत्वलाई जीवन्त राख्ने र आपसी सद्भाव बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय […]