Home Login

हाम्रो हालको फेसबुक रिल्स

इटाली — सरकारले दक्ष र अर्धदक्ष श्रमिकलाई जापान, कोरिया तथा युरोपियन मुलुकहरूमा संस्थागत तवरबाट पठाउने तयारी सुरु गरेको छ । प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यसबारे जानकारी गराएका हुन् । उनले जुलाईदेखि युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने प्रक्रिया सुरु गएको बताए । मन्त्री भण्डारीले भने, ‘वैदेशिक रोजगार नीतिअनुसार दक्ष र सिपयुक्त […]

काठमाडौं — गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक योञ्जनको शब्द, संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ । नरेन श्रेष्ठले निर्देशन,सम्पादन गरेको भिडीयोमा मनिषा लामाको […]

लन्डन — नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा “पत्रकारितामा कृत्रिम बुद्धिमत्ता : अवधारणादेखि व्यवहारिक प्रयोगसम्म” विषयमा भर्चुअल तालिम सम्पन्न भएको छ। पत्रकारितामा प्रविधिको प्रभाव र प्रयोगबारे जानकारी दिन आयोजित उक्त तालिम जुन २२ तारिख आइतबारका दिन आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित डिजिटल मिडिया फाउन्डेसन नेपालका अध्यक्ष प्रवेश सुवेदीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ताले […]

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन वटा आणविक साइटमा अमेरिकाले आक्रमण गरेको बताएका छन् । अमेरिकाले फोर्डो, नतांज र इस्फहान साइटमा आक्रमण गरेको उनको दाबी छ ।  ‘हामीले इरानका तीनवटा आणविक साइटहरू फोर्डो, नतांज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं । सबै विमानहरू अहिले इरानको हवाई क्षेत्रमा छैनन्’, उनले सामाजिक सञ्जाल […]

नर्वे — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्वे च्याप्टरले ओस्लोमा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रा. डा. विशाल सिटौला र अनेसास केन्द्रका उपाध्यक्ष लालगोपाल सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । अधिवेशनले राजेश सापकोटालाई अध्यक्षमा, दीपक खतिवडा गरिमालाई उपाध्यक्षमा, […]

पोर्चुगल — अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अनेसासको बिधान अनुरुप दुईबर्षे कार्यकाल रहने गरि अधिवेशनबाट निर्विरोध रुपमा एन बी अन्जान अध्यक्ष, सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति […]

काठमाडौं — कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको गीत सार्वजनिक कार्यक्रममा सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।  दीपक शर्माको शब्द, संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी […]

सुर्खेतस्थित कोपिला भ्याली स्कूल विश्वकै ५० उत्कृष्ट विद्यालयको सूचिमा पर्न सफल भएको छ । विश्वभर सकारात्मक सामाजिक परिवर्तन ल्याउन प्रेरणा दिने विद्यालयहरूलाई सम्मान गर्न प्रदान गरिने विश्वकै उत्कृष्ट विद्यालय पुरस्कारको बुधवार घोषणा गर्दा सो विद्यालय वातावरण अन्तरर्गत अन्तिम फाइनललिस्टको सूचिमा परेको हो । विद्यालयले आफ्नो शैक्षिक मोडेलमा वातावरणीय दिगोपनलाई एक महत्वपूर्ण अंशको रूपमा समेटेको छ […]

साइप्रस — साइप्रसमा मे २०२५ मा पर्यटक आगमन १३.७ प्रतिशतले बढेर कुल ४ लाख ७९ हजार १ सय ६० पुगेको छ, जुन गत वर्षको सोही महिनामा ४ लाख २१ हजार ४ सय थियो । जनवरी देखि मे २०२५ सम्मको अवधिमा, कुल पर्यटक आगमन १ करोड ३ लाख ४४ हजार ४ सय ८६ पुगेको छ, जुन […]

इजरायल — दुई देशबीच युद्ध चर्किएपछि इजरायल र इरानमा रहेका नेपालीहरूको उद्धार गर्न नेपालले पहल सुरु गरेको छ । त्यसका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्ने प्रक्रिया सुरु गरिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको छ।  दूतावासले नेपालीहरूको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै दूतावासले पहल […]