Home Login

पोर्चुगल — क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानोलाई मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताको सातौं संस्करणमा प्रतिस्पर्धा गर्ने अन्डर-१५ टोलीमा बोलाइएको छ । १४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबा रोनाल्डोसँगै साउदी अरेबियाको अल-नासरको युथ टोलीका लागि खेल्दै आइरहेका छन् । रोनाल्डोका पूर्व क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसको उमेर समूहको टोलीबाट जुनियरले खेलेका […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आगामी मे १८ को निर्वाचनलाई ध्यानमा राखेर आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र पारिएको भन्ने आरोप अस्वीकार गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । उनले करिब ४ हजार ५ सय ७४ जना आप्रवासीलाई २० दिनभित्र देश छोड्न सूचित गर्ने प्रक्रिया सन् २०२३ को […]

पोर्चुगल — पोर्चुगलस्थिति नेपाली राजदूतावासका पदाधिकारीहरुसंग यहाँस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले दूतावासको कार्यालय , लिस्बनको रेस्तेलोमा भेटघाट तथा छलफल गरी विभिन्न समस्या समाधानको विषयमा ध्यानाकर्षण गराएका छन् । बुधबार दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपाल र तृतीय सेक्रेटरी अनील रानासंग संघसंस्थाका प्रतिनिधिहरुले भेटी पोर्चुगलको नेपाली समुदायको समसामयिक सवालमा ध्यानाकर्षण गराइएको उक्त भेटघाटको संयोजन गरेका नेपाल आदिवासी जनजाति […]

पोर्चुगल — सोमबार बिहान स्थानिय समयअनुसार बिहान ११ : ४५ बजेतिर एकैचोटि युरोपको स्पेन फ्रान्स र पोर्चुगलमा बिजुली बन्द भएको थियो । बिजुली चारैतिर बन्द हुँदा सर्वसाधारणहरू निकै मारमा परेका थिए । विद्युत नहुदा पाँच करोड भन्दा धेरै मानिसहरूको जीवन अस्तव्यस्त नै भएको थियो । स्पेन र फ्रान्सबिचको विद्युत लाईनमा समस्या आएकाले ५० वर्षयताकै सबैभन्दा […]

लिस्बन, २७ अप्रिल  — एक बर्ष अघिसम्म  सत्तामा रहेर पोर्चुगलमा झण्डै १० बर्ष शासन गरेको र हाल प्रमुख प्रतिपक्षी दल सोसलिस्ट पार्टी( PS) का महासचिव तथा पार्टी प्रमुख पेद्रो नुनो सान्तोससंग एनआरएनए आइसीसी केन्द्रीय सदस्य राजकुमार थापाले भेटेका छन् । शुक्रबार २५ अप्रिल पोर्चुगलको नागरिक स्वतन्त्रता दिवस (Dia da Liberdade) को अवसरमा महासचिव सान्तोससंग लिस्बनको मार्केस […]

‘प्रथम मोन्तिजो कप २०२५‘ आयोजक मोन्तिजो समाज (एल्लो) ले जित हासिल गरेको छ । अप्रिल २० आइतबार सम्पन्न भएको खेलमा आयोजक मोन्तिजो समाज (एल्लो) ले जित हासिल गरेको हो । युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता अप्रिल २० आइतबार सम्पन्न भएको थियो । उक्त खेलकुद प्रतियोगितामा […]

लिस्बन — कागजात प्रमाणित गर्ने सम्बन्धमा राजदूतावास लिस्वानले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरेको छ । १६ अप्रिल २०२५ देखि राजदूतावास लिस्वानमा कन्सुलर सेवा सुचारु भइ सोमबार २१ अप्रिल सम्म करिब ९०० भन्दा बढी सेवाग्राहीहरुले राजदूतावासबाट सेवा लिइसकेको सूचनामा उल्लेख छ। सेवा लिने सेवाग्राहीहरु मध्यरातदेखि नै राजदूतावास वाहिर ठूलो भिड लाग्ने गरेको, अत्याधिक होहल्ला […]

पोर्चुगल — महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई किरात याक्थुङ चुम्लुङ पोर्चुगलले सम्मान गरेको छ । चलचित्र प्रमोसनको लागि पोर्चुगल आइपुग्नुभएकी सुब्बालाई आइतबार विशेष कार्यक्रमकाबीच कप्तान एन्जिलालाई स्वागत तथा शुभकामना दिइएको थियो । सो अवसरमा सस्थाकी सल्लाहकार दीपा लिवाङले स्वागत मन्तव्य राखेकी थिइन् भने अन्य उपस्थित वक्ताहरूले पनि एन्जिलाको आगामी खेल जीवन थप […]

(‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिताको आइतबार अप्रिल २० तारिख हुदै) युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको छ । आइतबार अप्रिल २० तारिख हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको हो । रोजगारी तथा अध्ययनको सिलसिलामा […]

पोर्चुगल — चलचित्र प्रमोसनको लागि महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार पोर्चुगल आइपुगेकी छिन् । चलचित्र ‘एन्जिला’ पोर्चुगलको राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा अप्रिल २० आइतबार र २१ सोमबार प्रदर्शन हुने भएको हो । नेल्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलको संयुक्त आयोजनामा प्रदर्शन हुन लागेको चलचित्र ‘एन्जिला’ आइतबार २० तारिख बेलुकी […]