पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न भएको छ । गत जुन २२ तारिख पोर्चुगलको राजधानी लिस्बनस्थित बेला-बिस्ता पार्कमा सम्पन्न भएको अधिवेशनले सौगात थापा मगरलाई अध्यक्ष पदमा सर्बसम्मत निर्बाचित भएका हुन् ।
प्रथम अधिवेशनबाट उपाध्यक्षमा सन्जिब श्रेष्ठ र सुजन आले निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा मनोज गुरुङ, सह-सचिवमा पवन क्षेत्री, कोषाध्यक्षमा अनुप गुरुङ र सह-कोषाध्यक्षमा अनिश गुरुङ चयन भएका छन् ।
प्रथम अधिवेशनबाट ९ जना कार्यसमिति सदस्य र पाँचजना वरिष्ठ सल्लाकारहरु समेत चयन गरेको छ । जसमध्ये सदस्यहरूमा सचिन गुरुङ, आर.के गुरुङ, मनिष साहि, सवनम बराल, करुना गुरुङ, मान गुरुङ, सुरेश लामा, पुकार गुरुङ, नविन आले रहेका छन् ।
त्यस्तै वरिष्ठ सल्लाकारहरुमा गणेश पुन, सन्तोष सोनुब्यास लामा, प्रदीप रसाईलि, सुबास गुरुङ् र बाबु राम गुरुङ् रहेका छन् ।
पोखरा फुटबल क्लब पोर्चुगलको प्रथम अधिवेशनले खेल सम्योजकमा दुईजना चयन गरेको छ । जसमध्ये सचिन गुरुङ र राजन गुरुङ रहेका छन् ।
पोखरा फुटबल क्लब यसभन्दा अघि लुक्ला बियर प्रस्तुत पहिलो पोखरा गोल्ड कप २०२४ ‘७ ए साइड’ र नेपालको पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई विभिन्न सामग्रीहरू सहयोग गरेको थियो ।
सन् २०२३ मा स्थापना भएको पोखरा फुटबल क्लबले युरोपेली मुलुक पोर्चुगलमा खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूमा सहयोग समेत गर्दै आइरहेको छ ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ स्थापना भएको पोखरा फुटबल क्लब पोर्चुगलले आगामी दिनमा समेत विभिन्न क्षेत्रहरूमा सहयोग गर्ने बताएको छ ।