Home Login

पोर्चुगल । गत वर्ष २०२४ मार्चमा बनेको सरकार सोसियल डेमोक्रेटिक पार्टी PSD का नेता लुइस मोन्टेनेग्रो नेतृत्वको सरकार संसदमा मंगलबार ११ मार्चमा भएको मतदान विश्वास मत नपाए संगै ढलेको छ । गणतन्त्र पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको सरकारलाई  संसदमा उनको पार्टी PSD र केही साना पार्टीहरु CDS-PP, र IL ले मत दिए पनि बहुमतका लागि आवश्यक […]

पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायहरुले नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान साथै नेवारहरूको चाड बिस्का जात्रा मनाउने भएका छन्। लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार नेवारहरूको चाड बिस्का जात्रा मनाउने भएको हो। पोर्तुगलमा दोस्रो पटक आयोजना गर्न लागेको गतसालको कार्यक्रमलाई निरन्तरता दिदै नेपाली नयाँ […]

पुस्तक रेग्मी । पोर्चुगल — बाग्लुङ समाज पोर्चुगल र गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजोको आयोजनामा जम्बु जेइरा दो मार हलामा चर्चित लोकदोहोरी गायक सुर्य खड्का एकल साँझ कार्यक्रम सम्पन्न भएको छ । बाग्लुङ बजार आउका मायालु, गाउँले पाराले, बनमा खयर, ढुङ्गे धारा, घडि, चार बजेको आलाराम, हेराएर चिना, अभागी, दरवार, पञ्चैबाजा मन […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले ११५ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यहीँ मार्च १० तारिख सोमबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्। त्यस्तै […]

पोर्चुगल — पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल आफ्नो कार्यभार सम्हाल्नको लागि बिहिबार लिस्बन आइपुग्नुभएको छ। राजदूत पौडेल बिहिबार अपरान्ह पोर्चुगल आइपुग्दा नेपाली दूतावास लिस्बनका नियोग उपप्रमुख रामबाबु नेपाल पोर्चुगलको परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागका लुइस सान्तोसले लिस्बन एयरपोर्टमा स्वागत गरेका थिए । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्र ‘लाज शरणम्’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ। आउँदो मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुन लागेको हो। नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले ‘एनआरएनए अल्गार्भ कप २०२५’ सम्पन्न गरेको छ। उक्त कपको उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ। मार्च २ तारिख सम्पन्न भएको ‘एनआरएनए अल्गार्भ कप २०२५’ प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए भने मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो। ‘एनआरएनए अल्गार्भ कप २०२५’ को प्रमुख अतिथिका […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा तेस्रो मुलुकको आप्रवासीहरू आउन कम भएपनि पोर्चुगल भित्र रहेका आप्रवासीहरूको समस्या अझै समाधान हुन सकेको छैन। २०२४ जुन ४ देखि पोर्चुगलमा धारा ८८ र धारा ८९ लाई बन्द गरेपछि अहिले पोर्चुगलमा तेस्रो मुलुकबाट आउने आप्रवासीहरू कम भएको छ। हुन त क्रोएसिया, फ्रान्स, स्पेन आएका आप्रवासीहरू पोर्चुगल सहजैसँग आउने भएकाले धारा […]

पोर्चुगल — सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलले होलि बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना गर्ने भएको हो। स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९ गते बिहिबारका दिन,२०८१ तदानुसार १३ मार्च , २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा कार्यक्रम […]

(विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएको देशहरू मध्ये पोर्चुगल १५ औं स्थानमा र नेपाल ११० औं स्थानमा) पोर्चुगल — विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएका १५ देशहरू अमेरिकी समाचार र विश्व रिपोर्टले सार्वजनिक गरेको छ। विश्व रिपोर्टको अनुसार, सबैभन्दा धेरै र धनी संरचनाहरू र इतिहास भएको देशहरूमा इजिप्ट पहिलो स्थानमा रहेको छ । […]