Home Login

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान मार्सामा मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षीय नेपाली एक पुरुष अस्पतालमा भर्ना भएका छन् । सम्बन्धित निकायबाट जानकारी प्राप्त भए अनुसार उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ । माल्टाको मसिडामा बस्ने ती व्यक्ति दिउँसो २:३० बजे ट्रिक डिकेम्ब्रु टेलट्याक्समा किम्को मोटरसाइकल अनियन्त्रित हुन पुगेपछि पोलमा ठोकिन पुगेको प्रहरीले […]

बेलायत — बेलायती डायष्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) सहभागी हुने भएकी छन् । गोर्खा कपको २३औँ संस्करणमा खेलाडी साम्बा आउने भएको आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जनाए । अर्की चर्चित खेलाडी प्रिती राईलाई समेत ल्याउने तयारी भइरहेपनि उनको अन्तरराष्ट्रिय खेलका कारण व्यस्त भएर पक्का भइनसकेको […]

शेरबहादुर परियार (पोल्यान्ड) नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रमेश खतिवडाको प्रमुख आतिथ्यमा जुम अनलाइन प्रविधिमार्फत युरोप शाखाले कार्यक्रम गरेको हो । सचिव खतिवडाले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै युरोप शाखाले यस्ता कार्यक्रम नियमित गर्दे आएकोमा खुसी […]

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काठमाडौंमा जारी महाधिवेशनको दोस्रो दिन निर्वाचन समितिले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको हो । जापानमा व्यवसाय गर्दै आएका श्रेष्ठ लामो समयदेखि एनआरएन अभियानमा आवद्ध छन् । प्रमुख निर्वाचन आयुक्त वरिष्ठ […]

पोर्चुगल —  सन् २०२५ को अप्रिल महिनामा पोर्चुगलबाट ६ सय २८ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै पोर्चुगलबाट उक्त संख्यामा पर्यटक भित्रिएका हुन् । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ पर्यटक भित्रिए । अप्रिलमा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी […]

पोर्चुगल — नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । शनिबार मे ३ तारिख युरोपको समय अनुसार दिउसो ३ बजे भर्चुअल माध्यम मार्फत सो कार्यक्रम गर्न लागिएको नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजन राईले बताए । प्रेस स्वतन्त्रता ,पत्रकारको सुरक्षाको सुनिश्चितता ,विश्वमा बदलिँदो परिस्थिति […]

बेलायत — बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोमा नेपाली मूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा विजयी बनेकी हुन्। शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए। काउन्सिलर […]

दिल निशानी काजाब्लांका क्यासेल्लो ,बेल्जियम । जन प्रगतिशील मञ्च बेल्जियमले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा लुभेनमा विशेष कार्यक्रम आयोजना गरी प्रवासी नेपाली श्रमिक समुदायको आवाज बुलन्द बनाउँदै दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सुरुमा प्रमुख अतिथी मन्चका युरोप इन्चार्ज रण खाति क्षेत्रीले सम्बोधन गर्दे  युरोप मै शसक्त बेल्जियम समितिलाई बधाऊ दिनु भयो […]

म्यानचेस्टर — 8848  भाइभ्सले यहि मे १२ तारिखका दिन म्यानचेस्टरमै पहिलो पटक रामकृष्ण ढकालको एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ । एरिया म्यानचेस्टरमा हुने कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, अन्य स्थानीय सर्जकहरुको गायन लगायत नेपाली खाना, विजनेस नेटवर्किंग आदि कार्यक्रम राखिएको आयोजक कम्पनिका प्रवन्ध निर्देशक मनोज बजगाईंले बताए । ‘यो एक सामान्य कन्सर्ट मात्र होईन, […]

डेनमार्क — बेलाहोज क्लासिक एफसीको आयोजनामा 5A साइड सम्पन्न भएको खेलकुद प्रतियोगिता अन्नपूर्णा एफसीले जित हात पारेको छ ।  १८ टिम सहभागिता रहेको प्रतियोगिता अप्रिल २६ र २७ तारिख सम्पन्न भएको हो। प्रतियोगितामा दुई टिम अन्नपूर्णा X र अन्नपूर्णा Y ले भाग लिएको थियो । जसमा अन्नपूर्णा X दुर्भाग्यवश सुरुवातमै प्रतियोगिताबाट बाहिरिन पुग्यो, तर अन्नपूर्णा […]