Home Login
प्रवास

प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री बीच द्विपक्षीय भेटवार्ता

स्पेन– संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुरमा श्रेष्ठ, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी थिए ।

यसैगरी प्रधानमन्त्री ओली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोबीच पनि द्विपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध पक्षबारे छलफल भएको थियो ।

Leave a Reply