माल्टा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै युरोपेली मुलुक माल्टामा समेत हस्ताक्षर अभियान सुरु गर्ने भएका छन् । प्रवास नेपाल सम्पर्क विभाग माल्टा र माल्टामा रहेका रवि लामिछानेका समर्थकहरूको अगुवाइमा राजनितिक प्रतिशोध बिरुद्द जनताको हस्ताक्षर अभियान गर्ने भएका हुन् ।
उक्त हस्ताक्षर अभियान जुन २९ आइतबार, माल्टाको बुजिब्बा स्थित सालिनी पार्कमा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म आयोजना गरिएको रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग माल्टाका संयोजक राजेन्द्र भण्डारीले जानकारी दिएका छन् ।
आयोजकहरूले माल्टा र गोजोमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।