पोर्चुगल (लिस्बन) — एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सको आयोजनामा चर्चित गायक ‘पूर्ण राई एण्ड द दाजुभाइहरु’ जुलाई ७ तारिख युरोपेली मुलुक पोर्चुगलमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् ।
पोर्चुगलको राजधानी लिस्बन स्थित ‘लिस्बोआ आओ भिभो’ हलमा हुने भएको छ । ‘पूर्ण राई र उनको ब्यान्ड दाजुभाइहरु’ पहिलो पटक पोर्चुगल र युरोपको सांगीतिक कार्यक्रमका लागि ‘युरोप टुर’ मा निस्केका हुन् ।
युरोप टुर अन्तर्गत जुलाई ४ फ्रान्सबाट सांगीतिक कार्यक्रम सुरु भई जुलाई २६ डेनमार्क सम्म आएर युरोप टुर अन्तर्गतको कार्यक्रम समाप्त हुनेछ । जस अन्तर्गत फ्रान्स जुलाई ४, माल्टा जुलाई ६, पोर्चुगल जुलाई ७, फिनल्याण्ड जुलाई १०, रोमानिया जुलाई १३, बेल्जियम जुलाई १४, साइप्रस जुलाई २०, जर्मनी जुलाई २५ र डेनमार्क जुलाई २६ सम्म युरोपको सांगीतिक यात्रामा रहने छन् ।
रोजगारी तथा अध्ययनको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुलाई सांगीतिक मनोरन्जन दिनका साथै सांगीतिक क्षेत्रको विकासका लागि आइ पपर्सले विगतका दिनहरूमा पनि इभेन्ट तथा कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आइरहेको छ ।
त्यस्तै आयोजकले टिकटको लागि तीन श्रेणीमा विभाजन गरेको छ । पहिलो श्रेणी अन्तर्गत सामान्य टिकट अगाडिपट्टि ४० युरो रहेको छ । त्यस्तै दोस्रो श्रेणी अन्तर्गत पछाडिपट्टि ३५ युरो रहेको छ । तेस्रो टिकट अन्तर्गत बाल्कोनी ५५ युरो रहेको छ । त्यस्तै भिआइपी टिकट १ सय युरो रहेको आयोजकले बताएको छ ।
त्यसो त आयोजकको अनुसार, टिकटको लागि eyepopper.pt मा गएर टिकट लिन सकिने व्यवस्था समेत रहेको छ ।
स्पर्श संगीत, माया म, कालो / सेतो, मनका कुरा, धुर्व तारा, परिभाषा, बादल, स्वर्ग, अ लभ लेटर टु दार्जिलिङ, चाक, मन छ?, विराम, व्यर्थै (डेमो), परी पाखा, मनिरै आई, निष्ठुरी मन, सत्य तिम्रो र तिमी आकाश उनका चर्चित गीतहरू हुन् ।
पूर्ण राईले आफ्ना गीतहरूमा शब्द र संगीत आफैंले भर्ने गर्दछन् । उनका गीतहरू विशेष गरी युवा पुस्तामाझ लोकप्रिय छन् र विभिन्न अनलाइन संगीत प्लेटफर्महरू जस्तै युट्युब, स्पोटिफाई, र एप्पल म्युजिकमा उपलब्ध छन् ।