Home Login

लन्डन — लन्डनस्थित नेपाली दूतावासले पहिलो पटक संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्ड राज्यमा नेपाली मेला गर्ने तयारी गरेको छ । दूतावासले आउंदो २३ जुन सोमबार एनआरएनए स्कटल्याण्डसहित झण्डै दुई दर्जन नेपाली संघसंस्थाको प्रत्यक्ष सहभागितामा वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा मेला गर्न लागेको उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । लन्डन केन्द्रित भन्दा दूतावासको ‘आउटरिच’ बढाउने […]

लण्डन —  एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौं अधिवेशन उद्घाटन गर्न बेलायत आउने भएका छन्। युरोप हुँदै १२ जुन बेलायत आउन लागेका पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन्। अधिवेशनमा एमाले युरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तरराष्ट्रिय मंचका अध्यक्ष संजय थापा, प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटी […]

रासस — पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन शाखाको आयोजनामा लन्डनमा मौलिक नेवारी भोज (गुथि भ्वय्) गरिने भएको छ । यही जुन ८ तारिख आइतबार लन्डनको चार्ल्टनस्थित चार्ल्टन पार्क रग्बी क्लबमा भोज हुन लागेको छ । भोजका लागि मौलिक परम्पराअनुसार झण्डै ४० थरि नेवारी परिकार तयार गरिने आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन […]

म्यानचेस्टर — नेपाली एसोसिएसन यूके- हिमालयन यति म्यानचेस्टरले आयोजना गरेको नलिना चित्रकार सांगीतिक साँझ सफलतापुर्वक सम्पन्न गरेको छ । मे  १ आइतबारका दिन म्यानचेस्टरको अल्त्रिनगाममा आयोजित कार्यकममा उल्लेख्य नेपाली दर्शकश्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली संगीत क्षेत्रकि एक मुर्धन्य गायिका नलिना चित्रकारको मुख्य प्रस्तुति रहेको उक्त साँझमा रात्रि भोजको आयोजना गरिएको थियो । नेपाली एसोसिएसन […]

लन्डन —  उत्कृष्ट चलचित्र, नेपालबाट आएका विशिष्ठ कलाकार र यूकेस्थित नेपाली कलाकारहरुलाई अवार्ड प्रदान गर्दै तेस्रो नेपाली चलचित्र महोत्सव शनिबार बेलायतमा सम्पन्न भएको छ । थर्ड आइले आयोजना गरेको चलचित्र महोत्सवको लन्डन ग्रीनफोर्ड टाउन हलमा विशेष समारोहबीच समापन गरिएको हो । कार्यक्रममा चार नेपाली चलचित्र पुजार सार्की, ज्वाइँसाब, सतीदेवी र हाफ जर्नीलाई उत्कृष्ट चलचित्र अवार्ड […]

बेलायत — हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन तालिका परिमार्जन भएको छ । निर्वाचन र राष्ट्रिय महाधिवेशनको संशोधित निर्वाचन तालिका हालै सार्वजनिक गरिएको हो । एनआरएनए यूके निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले आगामी २६ जुलाईमा निर्वाचन (मतदान–अनलाइनमार्फत) र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय गरिएको जनाउनुभयो । उहाँका […]

बेलायत — बेलायतमा म्याग्दी प्रवासी संघको प्रस्तुतिमा सातौं मोना यूके भलिबल टुर्नामेन्ट-२०२५ आउँदो जून २१ मा हुने भएको छ । म्याग्दी समाज यूके र म्याग्दी भलिबल क्लब यूकेको संयुक्त आयोजनामा रस्मूर सेन्टस् एफसीमा मोना यूके भलिबल प्रतियोगिता हुन लागेको हो । खेल बिहान साढे ८ बजेदेखि सुरु हुने छ । टुर्नामेन्टमा पुरुष, महिला, भेट्रान र […]

लन्डन — चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायत आइपुगेका छन् ।   शनिबार ३१ मेमा हुने तेस्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट अध्यक्ष डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायतलाई लन्डन आएका हुन् । उनीहरुलाई बिहीबार हिथ्रो एयरपोर्टमा आयोजक थर्ड आइ टिमले स्वागत […]

लन्डन — नेपालमा गणतन्त्र स्थापनाको सम्झनामा हरेक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस बिहीवार लन्डनस्थित नेपाली दूतावासमा पनि विशेष समारोहका साथ मनाइएको छ। दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत चन्द्र घिमिरेले सहभागीहरूलाई स्वागत गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा. […]

रासस — नेपाली जनसम्पर्क समिति, बेलायतले ‘सभापति कप’ नामक प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिवार नमस्ते गोर्खा, फेल्थाममा सम्पन्न कार्यसमिति बैठकले समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फारम वितरण सुरु गर्ने निर्णय समेत गरेको […]