Home Login
प्रवास

बेलायतमा शंकर पोख्रेलले सुनाए एमालेविरुद्ध गाली गर्नुको कारण

बेलायत — प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको स्पष्ट पारेका छन् । पोखरेलले राष्ट्रलाई बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रियताविरोधी शक्ति एमालेविरुद्ध लागेको स्पष्ट गरे ।

बेलायत भ्रमणमा रहेका पोखरेलले पार्टीनिकट प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले देशप्रति अपेक्षा हुनेले नै चिन्ता र प्रतिक्रिया व्यक्त गर्ने बताएका छन् ।

देशका बारेमा चिन्ता गर्नु हरेक नागरिकको कर्तव्य भएको उनको भनाई छ । देश पछाडि परेकामा चिन्ता गर्नु स्वाभाविक भएको बताउँदै उनले देश पछाडि पर्दा पनि चिन्ता नगर्ने व्यक्ति राष्ट्रभक्त हुन नसक्ने धारणा राखे ।

अहिले नेपाली समाजमा भ्रम सिर्जना गरेर अस्थिरता सिर्जना गर्ने विभिन्न शक्ति रहेका हुँदा ती शक्तिका गतिविधिप्रति सचेत हुनुपर्ने महासचिव पोखरेलको भनाई थियो ।

लोकप्रियताको कुरा गर्नेले राजनीति र राष्ट्र निर्माण दुबै काम गर्न नसक्ने प्रष्ट पार्दै लोकप्रियतावाद कहिल्यै पनि समस्याको समाधान हुन नसक्ने धारणा उनले धारणा राखे ।

Leave a Reply