लण्डन — नेपाली दूतावास, अटवाले नेप्लिज कम्युनिटी अफ, लण्डन (एनसिएल) र एनआरएनए क्यानाडाको सहकार्यमा लण्डन, अन्टारियोमा दुई दिने कन्सुलर सेवा उपलब्ध गराएको छ।
जुन ७ र ८ मा साउथ साइड ग्रिलमा शिविर आयोजना गरिएको सह-आयोजक एनसिएलले जनाएको छ। सो शिविबाट दक्षिणपश्चिमी अन्टारियोका नेपाली डायस्पोराका १७८ जनाले आफ्नै शहरमा महत्त्वपूर्ण सरकारी सेवा प्राप्त गरेका थिए।
लण्डन, अन्टारियो धेरै नेपाली विद्यार्थीहरू भएको शहर हो। यो पहलले धेरैका लागि अटावासम्मको खर्चिलो यात्रा र समय जोगिएको छ। कार्यक्रममा क्यानाडाका लागि नेपालका राजदूत महामहिम भरतराज पौड्याल, एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठ र एनआरएनए लण्डन संयोजक कुबेर बुर्लाकोटी, तथा दूतावासका अन्य अधिकारीहरूको उपस्थिति थियो।
त्यस शिविरलाई सफल पार्न एनसिएलका अध्यक्ष अच्युत दुलाल, सचिव दीपक (ल्हावाङ) लामा, उपाध्यक्ष किरण जैसी र हिमांशु सिंह ठकुरी, संगम रेग्मी, रीचा नेपाल, सचिन श्रेष्ठ, प्रबिन गैरे, सुयोग्य मान बनेपाली, सुवास पोखरेल र यज्ञ गैरे लगायत स्वयंसेवकहरूको भूमिका उल्लेख रहेको थियो।
शिविरले नेपाली क्यानेडियनहरूलाई सहयोग र सशक्तिकरण गर्ने संस्थाको उद्देश्यलाई बल पुगेको उल्लेख गर्दै अध्यक्ष अच्युत दुलालले यसबाट नेपाली समुदायको शक्ति र एकता पनि प्रतिबिम्बित भएको उल्लेख गरे।