Home Login

रासस — थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई आज स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो । गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पुर्याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल […]

युरोप — राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न ६ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।  ओहोदाको प्रमाणपत्र पेस गर्नेहरुमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, […]

शेष घले । विदेशमा बस्ने नेपालीहरुको साझा  संस्था गैर आवासीय नेपाली संघ(एनआरएनए) यतिबेला असहज अवस्थामा छ । १०औं महाधिवेशनकाक्रममा चर्किएको विवाद ११औं महाधिवेशनमा आइपुग्दा थप तिक्ततापूर्णदेखियो । संघको विभिन्न तहमा नेतृत्व  चुन्न गराइएका निर्वाचनको विश्वसनीयता बारे प्रश्नहरु उठे र  केही साथीहरुको मन विभाजितहुनपुग्यो, जसले गर्दा  एनआरएनए अभियानमा ठूलो धक्का लागेको छ । सन् २००३ मा […]

काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो। यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो। त्यस्तै नेपाल एयरलाइन्सका […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा तेस्रो मुलुकको आप्रवासीहरू आउन कम भएपनि पोर्चुगल भित्र रहेका आप्रवासीहरूको समस्या अझै समाधान हुन सकेको छैन। २०२४ जुन ४ देखि पोर्चुगलमा धारा ८८ र धारा ८९ लाई बन्द गरेपछि अहिले पोर्चुगलमा तेस्रो मुलुकबाट आउने आप्रवासीहरू कम भएको छ। हुन त क्रोएसिया, फ्रान्स, स्पेन आएका आप्रवासीहरू पोर्चुगल सहजैसँग आउने भएकाले धारा […]

रासस — शुक्रबार बिहान भोटेकोशी गाउँपालिका-२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो। त्यसको ठूलै पराकम्प काठमाडौंलगायत आसपासका जिल्लामा महशुस गरियो। तर, क्षति व्यहोर्नु परेन। भूगर्व विद्‍का अनुसार २०७२ बैशाख १२ गतेको भूकम्पकै पराकम्प भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकावरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले आजको भूकम्प […]

काठमाडौं । बालगायक तथा गायिकाहरूको गायन प्रतियोगिता भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधि पीक पोइन्ट एकेडेमीकी दिया घिमिरेले जित्न सफल भएकी छिन् । मंगलबार कमलपोखरी स्थित रसियन कल्चर सेण्टरमा आयोजित ग्राण्ड फिनालेमा दमदार प्रस्तुतीका साथ सर्वोकृष्ट बन्दै उनले उपाधी जितेकी हुन । अन्य मेगा विजेताहरूमध्ये गोल्डेन गार्डेन एकेडेमीकी संपदा घिमिरे फर्स्ट रनर अप, पीक पोइन्ट […]

पोर्चुगल — युवा नेता एंव नेपाल पत्रकार महासंघ युरोप शाखाको उपमाहसचिब  अशिम लोप्चन तामाङ  ‘राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भएका छन । बिरिसु मिडिया प्रा.लिले बुधवार काठमाडौँको चलचित्र बिकास बोर्डमा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ तथा सम्मान कार्यक्रम’ मा उनी सम्मानित भएका हुन । प्रवासी भूमिमा रहेर पनि नेपाली पहिचानलाई उजागर गर्न […]

बार्सिलोना — स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेका थिए ।  त्यस अघि विशेष सुरक्षा सहित […]

काठमाडौँ — सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको […]