मार्च ०९, आइतबार — न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक च्याम्पियन ट्रफीको उपाधि जितेको छ।आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो।
यसअघि समूह चरणमा पनि भारतले न्यजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो।