Home Login

जेरुसेलम — हमासको अपहरणमा परेका नेपाली विद्यार्थी बिपिन जोशीको शीघ्र रिहाइका लागि पहल गर्न उनको परिवार र नेपाली राजदूतले आज इजरायलका सर्वोच्च नेतृत्वसँग भेटवार्ता गरेका छन् । ७ अक्टोबर २०२३ देखि हमासको बन्धकका रूपमा रहेका बिपिनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले नेपाली राजदूत धन प्रसाद पण्डितका साथ इजरायलका राष्ट्रपति आइज्याक हर्जोग (H.E. Mr. […]

पेरिस, फ्रान्स — नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा, नेपाली लोक तथा दोहोरी गीत समूह, फ्रान्सको आयोजनामा आज (अगस्ट १७, आइतबार) पेरिसमा एक भव्य तीज विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिनका लागि चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार जर्मनीबाट पेरिस आइपुग्नुभएको छ । चर्चित गायिका परियारसँगै […]

लन्डन — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिक हस्तक्षेपबीच कर्मचारी र व्यवस्थापनको चुनौति पार गरेर नतिजा दिन सकिएको दाबी गरेका छन् । अमेरिकाको दुइ साता लामो भ्रमण सकेर बेलायत पुगेका घिसिङले लन्डनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेर अहिले आयातभन्दा निर्यात पाँच अर्ब रुपैयाँ बढी भएको बताएका हुन् […]

स्कटल्याण्ड — पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा स्कटल्याण्डमा रहेका ५ सय जना नेपालीले हस्ताक्षर गरेका छन् । सोमवार राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्यान्डको कार्यालय उद्घाटन कार्यक्रममा उक्त जानकारी दिइएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्यान्डका अध्यक्ष गोकर्ण भुसालको सभापतित्वमा नेपालबाट आएका बुबा कुँविर खरेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । पार्टीका अध्यक्ष गोकर्ण भुसालले […]

ओस्लो, नर्वे —  हिन्दूहरूको पवित्र पर्व जनै पूर्णिमा तथा रक्षा बन्धन नर्वेमा विशेष उल्लास र धार्मिक निष्ठाका साथ सम्पन्न भएको छ । नर्वेको राजधानी ओस्लो नजिकै Dr. Dedichens vei 23, 0673 Oslo स्थित हलमा आयोजित एक भव्य कार्यक्रमका बीच नेपाली हिन्दू समुदायले यो पर्व मनाएका हुन् । यसै शुभ अवसरमा नर्वेमा पशुपतिनाथ मन्दिर स्थापनाको शुभमुहूर्त […]

इजरायली सेनाले शनिबार गरेको हवाई हमला र गोलीबारीमा गाजामा कम्तीमा २० जना मारिएको गाजाका स्वास्थ्य अधिकारीले जनाएका छन् । जसमा आठ जना खाद्यान्नको खोजीमा आएकाहरू पनि परेको बताइएको छ । उक्त हमलामा घाइते भएका ३६ जनालाई सहायता वितरण केन्द्रबाट मध्य गाजाको अस्पतालमा पुर्‍याइएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मध्य र दक्षिणी गाजामा शनिबार भएको दुई […]

पोर्चुगल — नेपालले सन् २०२५ को जुलाई महिनामा कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ […]

पोर्चुगल — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा ‘उज्यालो नेपाल’का नायक कुलमान घिसिङ युरोपका विभिन्न देशहरूको भ्रमणमा आउने भएका छन् । मध्यपूर्वका केही देशको भ्रमण सकेर हाल अमेरिकामा रहेका घिसिङ अगस्ट महिनाको दोस्रो साता युरोप आइपुग्ने कार्यक्रम रहेको छ । प्राप्त जानकारी अनुसार, घिसिङको युरोप भ्रमण बेलायतबाट सुरु हुनेछ । उनले बेलायतको लन्डन र स्कटल्याण्डमा […]

लिस्बन, पोर्चुगल — युरोपको सबैभन्दा ठूलो बजेट एयरलाइन, रायनएयरले लिस्बन विमानस्थलमा व्याप्त “अराजकता” अन्त्य गर्न पोर्चुगिज सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ । सीमा नियन्त्रणमा कर्मचारीको अभावका कारण सयौं यात्रुहरूले उडान छुटाएको र घण्टौंसम्म लाममा बस्नुपरेको भन्दै एयरलाइनले सरकारको ध्यानाकर्षण गराएको हो । यस विषयमा गरिएको गम्भीर अनुसन्धानले विमानस्थलमा बहुआयामिक समस्याहरू रहेको देखाएको छ […]

पोर्चुगल — विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा पोर्चुगलले आफ्नो स्थानलाई अझ मजबुत बनाउँदै चौथो स्थानमा आफूलाई उभ्याएको छ । प्रतिष्ठित हेन्ले पासपोर्ट इन्डेक्सको पछिल्लो वरीयता अनुसार, पोर्चुगिज पासपोर्ट वाहकले विश्वका १८८ देशमा बिना भिसा वा आगमनमा भिसा (visa-on-arrival) को सुविधा सहित यात्रा गर्न सक्दछन् । यो वरीयताले पोर्चुगलको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो पहुँच र बलियो कूटनीतिक […]