Home Login

एक वर्षमा आठ लाख ३९ हजार २६६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले […]

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय २० जना नेपाली बन्दीलाई आम माफी दिएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद अल-अदाहका अवसरमा युएई सरकारले एक सय २० जना नेपाली बन्दीलाई आम माफी दिएको हो । इद अल-अदाहका अवसरमा युएई सरकारले विभिन्न कसुरहरूमा जेलमा रहेका १२० जना नेपालीहरूलाई बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान […]

काठमाडौँ — पछिल्लो ११ महिनामा १० लाख ७७ हजार ६४१ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको  सन् २०२४ को अगस्टदेखि सन् २०२५ जुनसम्मको तथ्यांक अनुसार यी संख्यामा विदेशी पर्यटक नेपालका आएका हुन् । नेपाल पर्यटन बोर्ड अनुसन्धान विभागका वरिष्ठ अधिकृत अविन्द्र भट्टले सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्र पाँच लाख ७७ हजार ६८९ […]

वाशिङ्गटन / ब्रुसेल्स — अमेरिकी सरकारले युरोपेली संघ (ईयू) बाट आयात हुने सामानमाथि लगाइएको करको दरलाई बढाएर ३० प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । यो नयाँ कर दर आउँदो अगस्ट १, २०२५ देखि लागू हुनेछ । अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखिको व्यापार असन्तुलन र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो निर्णय लिइएको […]

ईटहरी — नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ । नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन […]

पोर्चुगल — पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले लिस्बनस्थित एकीकरण, आप्रवासन र शरण एजेन्सी (एआईएमए) को अध्यक्ष पेड्रो पोर्चुगल गेस्पाबीच महत्वपूर्ण भेटवार्ता गर्नुभएको छ । उक्त भेटवार्ता बिहिबार जुलाई १० तारिख एआईएमएको कार्यालयमा भएको हो । उक्त भेटवार्तामा राजदूत पौडेलले एआईएमएले हाल राजदूतावासको अनुरोधमा नेपाली समुदायका कागजात प्रमाणिकरणमा विभिन्न प्रकारले सहजिकरण गरिदिएकोमा धन्यवाद समेत […]

काठमाडौँ — पछिल्लो समय तीज देखि सिंगो गीत-संगीतमा देखिएको विकृतिलाइ रोक्ने हेतुले सिंगो लोक दोहोरी प्रतिष्ठान पुनः एकपटक जागेको छ । बिहिबार जुलाई १० तारिख दोहोरी प्रतिष्ठानकि अध्यक्ष रिता थापाको नेतृत्वमा सिंगो कलाकार टिम गृह मन्त्रालय पुगेका छन् । गृहमन्त्री रमेश लेखकसंगको भेटमा प्रतिष्ठानकि अध्यक्ष रिता थापाले अहिलेकै अबस्थामा गीत संगीत जाने हो भने पछि […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्रीले आज, जुलाई १०, २०२५ मा राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी, ट्याप एयर पोर्चुगलको भविष्यबारे एक महत्वपूर्ण घोषणा गरेका छन् । लामो समयदेखिको अनिश्चितता र बहसलाई अन्त्य गर्दै, सरकारले ट्याप एयरलाइन्सको पूर्ण निजीकरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा आयोजित एक विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले भने, “हामीले राष्ट्रिय […]

नेपाली लोकदोहोरी क्षेत्रलाई लोक संगीतमा नयाँ प्रतिभा उजागर गर्ने उद्देश्य सहित ‘इन्द्रेणी दोहोरी तारा २०८२’ को आयोजना हुने भएको छ । ईन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम घोषणा गरिएको हो । सुस्मा ठकुरी फाउण्डेशनको आयोजनामा असार २७ र २८ गते यो कार्यक्रम इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगरमा संचालन हुने भएको […]

काठमाडौं — पशुपन्छीको हकहित, संरक्षण र कल्याणको क्षेत्रमा विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील रहँदै आएकी पत्रकार तथा पशु कल्याण अभियन्ता मधु कट्टेल (अमि) ‘राष्ट्रिय नागरिक विकास समाज’बाट सम्मानित भएकी छन् । समाजमा पशुपन्छीप्रति देखिने उपेक्षापूर्ण व्यवहार, हिंसा र दुव्र्यवहारविरुद्ध आवाज उठाउँदै आएकी कट्टेलले पशु कल्याणलाई सामाजिक र नीतिगत बहसको केन्द्रमा ल्याउन महत्त्वपूर्ण भूमिका […]