Home Login

(बार्सिलोनामा सम्पन्न चौथो अधिवेशनले २०२५–२०२७ कार्यकालका लागि ३१ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गर्‍यो; युरोपभरका कलाकारलाई समेट्दै लोक संस्कृतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता ।) बार्सिलोना, स्पेन — नेपाली लोक साहित्य, संस्कृति र दोहोरी गीतको युरोपमा प्रवर्द्धन, संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, युरोप शाखाको चौथो अधिवेशन स्पेनको बार्सिलोनामा भव्यताका साथ […]

काठमाडौं — नारायणी कम्पलेस कालिमाटीमा  स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ । वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार  एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले  लामो  समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले  गरेको प्रगति देखेर मनै देखि खुशी महशुस […]

सरकारले फिर्ता गरिएका देशमा तत्कालै राजदूत नियुक्त नगर्ने भएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका छन् ।  अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन […]

मुख्य विशेषताहरू : — स्थानीय किंवदन्तीअनुसार १३०० वर्ष पुरानो धार्मिक इतिहास। — हरिबोदनी एकादशीमा लाग्ने विशेष मेला, झाँक्री नृत्य मुख्य आकर्षण। — प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको प्रचुर सम्भावना। धादिङ — धादिङ जिल्लाको उत्तरी भेगमा अवस्थित गंगाजमुना गाउँपालिकामा पर्ने गंगाजमुना झरना, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको एक अनुपम संगम हो । स्थानीय किंवदन्तीहरूले यस स्थललाई […]

नेदरल्याण्ड्स —  बेल्जियम अधिराज्यका लागि नेपाली राजदूत सेवा लम्सालले बुधबार नेदरल्याण्ड्स अधिराज्यका महामहिम राजा विलेम-अलेक्जेन्डरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । उहाँ नेदरल्याण्ड्सका लागि गैर-आवासीय नेपाली राजदूत हुनुहुन्छ । हेगस्थित ऐतिहासिक नुरडेइन्डे राजदरबारमा आयोजित एक भव्य तथा विशेष समारोहका बीच राजदूत लम्सालले महामहिम राजासमक्ष उक्त ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । प्रमाणपत्र प्रस्तुती समारोह […]

लिस्बन —पोर्चुगाली संसद ‘Assembleia da República’ ले हिजो (शुक्रबार, २४ अक्टोबर २०२५) नागरिकता सम्बन्धी एक नयाँ र दूरगामी असर पार्ने विधेयकलाई अनुमोदन गरेको छ । यो नयाँ विधेयकले पोर्चुगाली नागरिकता प्राप्त गर्नका लागि आवश्यक न्यूनतम बसाइ अवधिलाई उल्लेखनीय रूपमा बढाएको छ, जसले पोर्तुगलमा रहेका हजारौं विदेशी नागरिकहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । के-के छन् नयाँ […]

लिस्बन — पछिल्लो समय युरोपली मुलुक पोर्चुगल नेपालीहरूको लागि आकर्षक गन्तव्य बन्दै गएको छ । यहाँ नेपालीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएसँगै उनीहरूका समस्याहरू पनि थपिएका छन् । लामो समयसम्म राजदूतावास नहुँदा सास्ती भोगेका नेपालीहरूले राजधानी लिस्बनमा दूतावास स्थापना भएपछि पनि समस्याबाट पूर्ण रूपमा मुक्ति पाउन सकेका छैनन् । विशेषगरी, राहदानी (पासपोर्ट) नवीकरण तथा नयाँ […]

पोर्चुगल —   पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले लामो समयदेखि चलेको राजनीतिक र संवैधानिक बहसलाई अन्त्य गर्दै विवादास्पद नयाँ विदेशी कानूनलाई अनुमोदन गर्नुभएको छ । यो कानूनले पोर्चुगलमा विदेशीहरूको प्रवेश, बसाइ, प्रस्थान र पारिवारिक पुनर्मिलन सम्बन्धी नियमहरूमा महत्त्वपूर्ण परिवर्तन ल्याउनेछ । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, संसदले पठाएको संशोधित विधेयकलाई ‘७० प्रतिशत प्रतिनिधिहरूले अनुमोदन […]

यही अक्टोबर १५ तारीख बुधबारका दिन अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन राजधानी काठमाडौंमा सम्पन्न भएको छ । उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट इनास ग्लोबल समितिको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बेल्जियम निवासी अर्जुन काफ्ले निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा पोल्याण्डबाट मित्रलाल पार्दे,अमेरिकाबाट राधी क्षेत्री,डेनमार्कबाट […]

पोर्चुगल — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) राष्ट्रिय समिति पोर्चुगलले कार्यकाल २०२५/२०२७ का लागि नयाँ कार्यसमिति पाएको छ । चर्चित नृत्य निर्देशक नृपध्वज खत्री “निरिप” को अध्यक्षतामा गठित नयाँ कार्यसमितिलाई इनासको ग्लोबल समितिले औपचारिक रूपमा अनुमोदन गरेको छ । गत ६ अक्टोबर २०२५ मा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको यस कार्यसमितिको अनुमोदनका लागि युरोप क्षेत्रीय […]