Home Login

पोर्चुगल — नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका सहित युरोपको विभिन्न देशहरू आउने भएका छन् । उनको यो यात्रा एक महिनासम्म चल्नेछ । घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहनेछन् । घिसिङ जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहनेछन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा […]

लिस्बन, पोर्चुगल — पोर्चुगल सरकारले आवासीय अनुमति (Residence Permit) नवीकरण प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको छ । नयाँ नियम अनुसार, ३० जुन २०२५ पछि आफ्नो आवासीय अनुमति नवीकरण गर्ने सबै विदेशी नागरिकहरूका लागि कर पहिचान नम्बर (Número de Identificação Fiscal – NIF) र सामाजिक सुरक्षा नम्बर (Número de Identificação da Segurança Social – NISS) अनिवार्य गरिएको […]

लन्डन — तीन वर्षदेखि चलिरहेको वार्तापछि भारत र बेलायतले बिहीबार बृहत् आर्थिक तथा व्यापार सम्झौता (सीईटीए) मा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायतको चौथो भ्रमणको क्रममा भएको हो । प्रधानमन्त्री मोदीले सम्झौतापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “यो सम्झौता केवल आर्थिक साझेदारी होइन, साझा समृद्धिको योजना पनि हो ।” उनका […]

फ्रान्स — विश्वका देशहरूको राहदानीको शक्ति मापन गर्ने प्रतिष्ठित हेन्ली पासपोर्ट इन्डेक्सको २०२५ को पछिल्लो वरीयता सार्वजनिक भएको छ । यस सूचीमा नेपाली राहदानी ९९ देशहरूमध्ये ९५ औं स्थानमा रहँदै विश्वको सबैभन्दा कमजोर राहदानीको सूचीमा परेको छ । अर्कोतर्फ, स्पेन, सिंगापुर, फ्रान्स, जर्मनी, इटाली र जापानको राहदानी विश्वकै सबैभन्दा शक्तिशाली साबित भएका छन् । यस […]

काठमाडौँ — विद्यालय पढ्दादेखि नै साधारण देउडाको स्वरमा सुर मिलाउँदै गायन सुरु गरेकी गायिका शान्तिकुमारी शाहीको आज लोकसंगीत क्षेत्रमा स्थापित नाम बनेको छ । कर्णाली प्रदेशको कालीकोटमा जन्मिएर हाल सुदूरपश्चिमको बैतडीलाई कर्मभूमि बनाएकी उनी मौलिकता र संस्कृतिको जगेर्नासँगै समाजसेवामा समेत आबद्ध छिन् । २०७४ सालमा औपचारिक रूपमा गायन क्षेत्रमा प्रवेश गरेकी शाहीले सुरुआतमा केही चल्तीका […]

कोपनहेगन, डेनमार्क — डेनमार्कको राजधानी कोपनहेगन बसोबासको हिसाबले विश्वकै उत्कृष्ट शहर बनेको छ । यसले अस्ट्रियाको राजधानी भियनालाई पछि पारेको हो, जुन १३ वर्षदेखि लगातार यस सूचीको पहिलो स्थानमा थियो ।  कोपनहेगन यस वर्ष संसारको सबैभन्दा खुसी शहर पनि घोषित भएको थियो । २०२५ को ग्लोबल लिभेबिलिटी इन्डेक्स अनुसार क्यानाडाको भ्यान्कुभर उक्त सूचीको दशौं स्थानमा […]

एक वर्षमा आठ लाख ३९ हजार २६६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गएको आर्थिक वर्षमा श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले […]

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले एक सय २० जना नेपाली बन्दीलाई आम माफी दिएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद अल-अदाहका अवसरमा युएई सरकारले एक सय २० जना नेपाली बन्दीलाई आम माफी दिएको हो । इद अल-अदाहका अवसरमा युएई सरकारले विभिन्न कसुरहरूमा जेलमा रहेका १२० जना नेपालीहरूलाई बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान […]

काठमाडौँ — पछिल्लो ११ महिनामा १० लाख ७७ हजार ६४१ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको  सन् २०२४ को अगस्टदेखि सन् २०२५ जुनसम्मको तथ्यांक अनुसार यी संख्यामा विदेशी पर्यटक नेपालका आएका हुन् । नेपाल पर्यटन बोर्ड अनुसन्धान विभागका वरिष्ठ अधिकृत अविन्द्र भट्टले सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्र पाँच लाख ७७ हजार ६८९ […]

वाशिङ्गटन / ब्रुसेल्स — अमेरिकी सरकारले युरोपेली संघ (ईयू) बाट आयात हुने सामानमाथि लगाइएको करको दरलाई बढाएर ३० प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । यो नयाँ कर दर आउँदो अगस्ट १, २०२५ देखि लागू हुनेछ । अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखिको व्यापार असन्तुलन र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो निर्णय लिइएको […]