Home Login

लिस्बन (पोर्चुगल) —  पोर्चुगलको अर्थतन्त्रले चालु वर्ष २०२५ को पहिलो नौ महिनामा उत्साहजनक वित्तीय अनुशासन देखाएको छ । सार्वजनिक प्रशासन क्षेत्रले यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादन (GDP) को २.१ प्रतिशत बराबरको बजेट अधिशेष कायम गर्न सफल भएको छ । राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, २०२५ को पहिलो […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलको दोस्रो ठूलो सहर पोर्टोमा ‘घुम्ती पासपोर्ट शिविर’ सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूको समय र खर्च बचत गराउँदै घरदैलोमै सेवा पुर्‍याउने अभिप्रायले दूतावासले यो विशेष शिविरको आयोजना गर्न लागेको हो । दूतावासले […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै सम्पूर्ण नेपाली समुदायमा शुभकामना व्यक्त गरेको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै बिदा र शुभकामना सन्देश प्रवाह गरेको हो । जारी गरिएको सूचनामा सन् २०२५ को क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ […]

पोर्चुगल — पछिल्लो समयका सर्वाधिक लोकप्रिय तथा युवा पुस्ताका ढुकढुकी गायक सुजन चापागाईं आफ्नो ब्याण्ड ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’ सहित युरोपको सांगीतिक यात्रामा निस्कने भएका छन् । सन् २०२६ मा आयोजना हुने ‘युरोपको उत्कृष्ट सांगीतिक कार्यक्रम २०२६’ नाम दिइएको विशेष सांगीतिक टुरका लागि उनी युरोप आउने भएको हो । प्रवासमा रहेका नेपालीहरूलाई संगीतको माध्यमबाट […]

जसमान दर्नाल, जिवन (क्रोएसिया) — युरोपेली श्रम बजारमा पछिल्लो समय आकर्षक गन्तव्य बनिरहेको क्रोएसियाले विदेशी कामदार र उनीहरूलाई रोजगारी दिने कम्पनीहरूमाथि कडा निगरानी सुरु गरेको छ । आफ्नो देशको श्रम बजारलाई व्यवस्थित, न्यायोचित र स्थायी बनाउने उद्देश्यसहित क्रोएसिया सरकारले विदेशी कामदारसम्बन्धी नियमहरूमा व्यापक कडाइ गरेको हो । विशेष गरी अवैध रूपमा हुने कामलाई निरुत्साहित गर्न […]

लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र […]

एथेन्स, ग्रीस — पछिल्लो २४ घण्टामा ग्रीसको दक्षिणी टापु क्रेट र यसको छिमेकी सानो टापु गाभ्डोसमा आप्रवासीहरूको आगमन ह्वात्तै बढेपछि यहाँको तटीय सुरक्षा संयन्त्रमा कडा दबाब सिर्जना भएको छ । सुधारिएको मौसम र मानव तस्करहरूले बाटो परिवर्तन गरेका कारण यस क्षेत्रमा सयौंको संख्यामा आप्रवासीहरू ओइरिन थालेका हुन् । शुक्रबार र त्यसपछिको रात क्रेटको तटीय क्षेत्रमा […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा आवास र बसोबासको सङ्कट गहिरिँदै गएको छ । राष्ट्रिय स्तरमा गरिएको पछिल्लो सर्वेक्षण अनुसार, देशमा घरबारविहीन मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सन् २०२४ को डिसेम्बर ३१ सम्मको तथ्याङ्क अनुसार, पोर्चुगलमा घरबारविहीनहरूको कुल सङ्ख्या १४,४७६ पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १,३४८ ले बढी हो, जसले सामाजिक […]

ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् । लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको तटरक्षक प्रवक्ताले बतएका छन् । उक्त डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, सुडान र प्यालेस्टाइन […]

लिस्बन (पोर्चुगल)  — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण तथा नयाँ आवेदनका लागि अनलाइन बुकिङ खुला गरेको छ । राजदूतावासले आज एक सूचना जारी गर्दै राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका सेवाग्राहीहरूलाई लक्षित गरी आवेदन खुलाएको जानकारी दिएको हो । राजदूतावासका अनुसार आगामी डिसेम्बर २६, २०२५ देखि ३० […]