Home Login

लिस्बन (पोर्चुगल) — नेपाल र पोर्चुगलबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र (BCM) को ऐतिहासिक बैठक पोर्चुगलको राजधानी लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ । यस महत्त्वपूर्ण बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नुभएको थियो भने पोर्चुगलको तर्फबाट विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियरले नेतृत्व गर्नुभएको थियो । नेपाली टोलीमा पोर्चुगलका लागि […]

भरत प्रधान । लिस्बन (पोर्चुगल) — पोर्चुगलको राजधानी लिस्बनमा नेपालको राजदूतावासको औपचारिक रूपमा समुद्घाटन गरिएको छ । बिहीबार आयोजित एक विशेष समारोहका बीच नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगलकी विदेश मामिला तथा सहयोग राज्यसचिव डा. आना इसाबेल जेभियरले संयुक्त रूपमा दूतावासको उद्घाटन गर्नुभयो । गत अप्रिल महिनादेखि नै स्थापना भई सेवा प्रवाह सुरु […]

लिस्बन (पोर्चुगल) — नयाँ वर्ष २०८३ को स्वागतका लागि पोर्चुगलमा रहेका नेपालीहरूका बीचमा अहिले छुट्टै उत्साह छाएको छ । यसै अवसरलाई थप उत्सवमय बनाउन आगामी अप्रिल १९ तारिखका दिन राजधानी लिस्बनमा एक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । डाफे इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको यस कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक अर्जुन सापकोटाले आफ्नो […]

पोर्चुगल — नेपाल र पोर्चुगलबीचको कुटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आज ‘द्विपक्षीय परामर्श संयन्त्र’ को पहिलो बैठक आयोजना हुँदैछ । दुई देशबीचको सम्बन्धमा एउटा महत्वपूर्ण फड्को मानिएको यस बैठकको सहअध्यक्षता नेपाल सरकारका परराष्ट्र सचिवले गर्नुहुनेछ । बैठकमा पोर्चुगलका लागि नेपाली राजदूत, उपनियोग प्रमुख (DCM) लगायत दुवै देशका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहने कार्यक्रम […]

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बनमा एक विशेष समारोहका बीच नेपाल दूतावासको चान्सरीको विधिवत रूपमा उद्घाटन गरिएको छ । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगल गणराज्यका विदेश मामिला तथा सहयोग राज्य सचिव महामहिम डा. आना इसाबेल जेभियरले आज संयुक्त रूपमा दूतावासको उद्घाटन गर्नुभएको हो । यस ऐतिहासिक कदमले नेपाल र पोर्चुगलबीचको कूटनीतिक, आर्थिक तथा […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको राजधानी लिस्बन र आसपासका क्षेत्रमा बिहीबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको छ । पोर्चुगल समुद्री र वायुमण्डलीय संस्थानका अनुसार स्थानीय समय अनुसार दिउँसो १२:१४ बजे गएको उक्त भूकम्पको केन्द्रबिन्दु एलेन्कर नगरपालिकाबाट करिब ४ किलोमिटर पश्चिम-उत्तरपश्चिममा अवस्थित थियो । मुख्य भूकम्प गएको ठीक दुई मिनेटपछि सोही तीव्रता अर्थात् ४.१ म्याग्निच्युडकै अर्को […]

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बनमा नेपाल र पोर्चुगलबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपाली दूतावासको चान्सरीको औपचारिक उद्घाटन गरिएको छ । नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला तथा सहयोग राज्य सचिव महामहिम डा. आना इसाबेल जेभियरले एक विशेष समारोहका बीच संयुक्त रूपमा चान्सरीको समुद्घाटन गर्नुभयो । यो ऐतिहासिक पलले दुई […]

काठमाडौं —  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औं महाधिवेशनको संघारमा अध्यक्ष पदका बलिया प्रत्यासी एवं वर्तमान उपाध्यक्ष रोविन शेरचनले विश्वव्यापी दौडाहा सुरु गर्ने भएका छन् । संघभित्र देखिएको विवाद समाधान गरी एकताको सन्देश प्रवाह गर्न विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूको निम्तोमा शेरचनले अर्को सातादेखि दुई हप्ते विश्व भ्रमण सुरु गर्न लागेका […]

लिस्बन (पोर्चुगल) —  नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र संस्थागत बनाउने उद्देश्यका साथ परराष्ट्र सचिव श्री अमृतबहादुर राई आज पोर्चुगलको राजधानी लिस्बन आइपुग्नुभएको छ । आगामी २० फेब्रुअरी २०२६ मा पोर्चुगलको परराष्ट्र मन्त्रालयमा आयोजना हुन लागेको ‘नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र’को पहिलो ऐतिहासिक बैठकमा सहभागी हुन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नुभएको हो […]

लिस्बन (पोर्चुगल) —  लिस्बनस्थित नेपाली राजदूतावासले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको पावन अवसरमा पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गरेको छ । ऐतिहासिक दिनको सम्मानमा दूतावासले भोलि फागुन ७ गते (तदनुसार १९ फेब्रुअरी २०२६) बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन दूतावासका सम्पूर्ण नियमित कार्यहरू बन्द रहनेछन् । प्रजातन्त्र […]