Home Login

हाम्रो हालको फेसबुक रिल्स

माल्टा —  नेपाली लोकदोहोरी क्षेत्रकी प्रख्यात गायिका शान्ति श्री परियार, हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा युरोपका विभिन्न देशमा आफ्नो सांगीतिक प्रस्तुति दिन युरोप आउने भएकी छिन् । उनको यो पहिलो युरोपेली सांगीतिक यात्रा माल्टाको राजधानी भ्यालेटाबाट अगस्ट ९ तारिखमा सुरु हुने भएको छ । “नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया […]

पोर्चुगल — पोर्चुगल विश्वको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक देशहरू मध्ये एकको रूपमा आफ्नो स्थानलाई निरन्तर बलियो बनाउँदै आएको छ । नागरिक स्वतन्त्रता, राजनीतिक अधिकार, र व्यक्तिगत स्वतन्त्रता जस्ता विभिन्न मापदण्डहरूमा आधारित अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले पोर्चुगललाई लगातार उच्च श्रेणीमा राखेका छन् । पोर्चुगलले नागरिक र राजनीतिक अधिकारको सम्मानमा उत्कृष्ट प्रदर्शन गरेको छ । फ्रिडम हाउसको “फ्रिडम इन […]

हेल्सिन्की — सम्पन्न मानिने राष्ट्र फिनल्याण्ड हाल युरोपेली संघ (EU) भित्र बेरोजगारीको गम्भीर समस्यासँग जुधिरहेको छ । हालै सार्वजनिक तथ्याङ्कअनुसार, फिनल्याण्डको बेरोजगारी दर EU मा दोस्रो उच्चतम विन्दुमा पुगेको छ, जुन स्पेनभन्दा मात्र पछाडि हो । यो अवस्थाले देशको आर्थिक र सामाजिक क्षेत्रमा चिन्ता बढाएको छ । युरोपेली संघको तथ्याङ्क कार्यालय, युरोस्टेटका अनुसार, फिनल्याण्डको बेरोजगारी […]

पोर्चुगल — म्याग्दी जिल्लामा जन्म भई हाल रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१५, सेम्लार रतनपुरमा स्थायी बसोबास गर्दै आउनुभएका र विगत १० वर्षदेखि पोर्चुगलमा कार्यरत ४१ वर्षीय काशीराम बुढाथोकी (गोरे) मगरको असामयिक निधन भएको छ । उहाँको शुक्रबार, ०१ अगस्ट २०२५ का दिन लिस्बनस्थित करी कब्राल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय बुढाथोकी आफ्ना बुवा […]

इजरायली सेनाले शनिबार गरेको हवाई हमला र गोलीबारीमा गाजामा कम्तीमा २० जना मारिएको गाजाका स्वास्थ्य अधिकारीले जनाएका छन् । जसमा आठ जना खाद्यान्नको खोजीमा आएकाहरू पनि परेको बताइएको छ । उक्त हमलामा घाइते भएका ३६ जनालाई सहायता वितरण केन्द्रबाट मध्य गाजाको अस्पतालमा पुर्‍याइएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मध्य र दक्षिणी गाजामा शनिबार भएको दुई […]

क्यानाडा — युवा पुस्तामाझ चर्चित नेपाली र्यापर भिटेन (समीर घिसिङ) चार सदस्यीय टोलीको नेतृत्व गरेर कन्सर्टका लागि क्यानाडा आउने भएका छन् । कन्सर्टका लागि थुप्रै देश पुगिसकेका भिटेनको क्यानाडा टुर भने पहिलो हुनेछ । उनले यहाँका दुई शहरमा प्रस्तुति दिनेछन् ।  आगामी सेप्टेम्बर ६ शनिवार अन्टारियोको मिसिसागा र सेप्टेम्बर १२ शुक्रवार ब्रिटिश कोलम्बियाको भ्यान्कुभरमा भिटेनको कन्सर्ट तय […]

पोर्चुगल — नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलमा बस्ने नेपालीहरुका लागि विद्युतीय राहदानी (इ-पासपोर्ट) को अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले आज शुक्रबार एक सूचना जारी गर्दै आगामी अगष्ट १७ देखि १६ सेप्टेम्बर, २०२५ सम्मका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो । राहदानीको म्याद सकिएका, चाँडै सकिन लागेका वा राहदानी हराएका/च्यातिएका व्यक्तिहरूले तोकिएको समयभित्र अनलाइन […]

म्याड्रिड, स्पेन — युरोपेली संघ (EU) भित्र आर्थिक सुधार र विकासका प्रयासहरू जारी रहँदा, स्पेन फेरि एकपटक सबैभन्दा बढी बेरोजगारी दर भएको देश बनेको छ । युरोस्टेटद्वारा जारी पछिल्लो तथ्याङ्कअनुसार, स्पेनको बेरोजगारी दर EU को औसतभन्दा झण्डै दोब्बर रहेको छ, जसले देशको आर्थिक स्थायित्व र सामाजिक संरचनामा गम्भीर चुनौती खडा गरेको छ । पछिल्लो त्रैमासिक […]

डेनमार्क — गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा सुरेश पुन सर्वसम्मत चयन भएका छन् । बुधवार सम्पन्न महाधिवेशनले पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षहरू अर्जुन चौलागाईं र अमृत रिजाल रहेका छन् । महासचिवमा शैलेन्द्र राई चयन भएका छन् भने सचिवहरूमा हरितमणि न्यौपाने र धुर्व घिमिरे छन् । युवा संयोजकमा प्रकाश […]

पोर्चुगल — तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका–२, दुलेगौंडा, गाछेपानी घर भई विगत तीन वर्षदेखि पोर्चुगलको लिस्बनमा कार्यरत एक नेपाली युवक विगत पाँच महिनादेखि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ । तनहुँ समाज पोर्चुगलले जारी गरेको एक सूचना अनुसार, वर्ष २७ का प्रबिन रिमाल लिस्बनमा कार्यरत रहेकोमा पछिल्लो समय आफ्नो पुरानो काम छोडेपछि सम्पर्कविहीन भएका हुन् । गहुँ […]