Home Login

पोर्चुगल  — क्रिसमस र नयाँ वर्ष २०२६ को अवसर पारेर पोर्चुगलमा युरोप व्यापी फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पोर्चुगलमा सक्रिय रहेको भिजन फुटबल क्लबले “प्रथम भिजन गोल्डकप २०२५” को आयोजना गर्न लागेको हो । आयोजक क्लबका अनुसार, यो ७-ए-साइड फुटबल प्रतियोगिता आउँदो डिसेम्बर २८, आइतबारका दिन लिस्बनस्थित ‘क्याम्पो क्लब फेरोविरियो डे पोर्चुगल’ को […]

लिस्बन — पोर्चुगल सरकारले आफ्नो विश्वव्यापी कूटनीतिक सञ्जाल विस्तार गर्ने महत्वपूर्ण योजना अघि सारेको छ । राज्य तथा विदेश मामिला मन्त्री पाउलो रङ्गेलले भियतनाममा पोर्चुगिज दूतावास ‘अब खुल्नेछ’ भनी घोषणा गर्नुभएको छ । सन् २०२६ को राज्य बजेट (OE2026) सम्बन्धी संयुक्त संसदीय सुनुवाइको क्रममा बोल्दै मन्त्री रङ्गेलले भन्नुभयो, ‘द्विपक्षीय कूटनीतिको सन्दर्भमा, हामी यसलाई स्पष्ट रूपमा […]

नोभेम्बरको तेस्रो हप्ताका लागि अपोइन्टमेन्ट लिन सकिने, दूतावासद्वारा आवश्यक कागजातसहित बायोमेट्रिक्सका लागि आउन सूचित लिस्बन —  पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गर्ने भएको छ । दूतावासले आज, ०७ नोभेम्बर २०२५, शुक्रबार साँझ ५ बजेदेखि आगामी नोभेम्बर महिनाको तेस्रो सप्ताहका लागि आवेदन खुला गरेको हो । यो सूचना विशेष […]

लिस्बन (पोर्चुगल) —  लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलको दक्षिणी अल्गार्भ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरी फारो सहरमा सञ्चालन गरेको दुईदिने विशेष घुम्ती कन्सुलर सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नोभेम्बर १ र २ (शनिबार र आइतबार) मा सञ्चालित यस शिविरमार्फत सयौं नेपालीहरूले दूतावासबाट प्रदान गरिने अत्यावश्यक कन्सुलर सेवाहरू आफ्नै क्षेत्रबाट प्राप्त गरेका छन् […]

पोर्चुगल (लिस्बन) —  लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलको दक्षिणी अल्गार्भ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरी फारो सहरमा विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । आगामी नोभेम्बर १ र २ तारिखमा सञ्चालन हुने यस शिविरमार्फत नेपाली राहदानी (पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र तथा पारिवारिक कागजात प्रमाणीकरण जस्ता महत्त्वपूर्ण कन्सुलर सेवाहरू प्रदान गरिने दूतावासले जनाएको […]

पोर्चुगल — पोर्चुगलमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका एकजना कर्मठ नेपाली समाजसेवी तथा वामपन्थी अभियन्ता भण्डारीको निधन भएको छ । उहाँको निधनको खबरसँगै पोर्चुगल तथा युरोपमा रहेका प्रवासी नेपाली समुदाय स्तब्ध बनेको छ । स्वर्गीय भण्डारी हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँले पोर्चुगलमा नेपाली समुदायको हकहित र जनसंगठन विस्तारमा नेतृत्वदायी भूमिका […]

(पोर्चुगलको नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन ऐतिहासिक सहकार्यको सुरुवात) पोर्चुगल —  पोर्चुगलको सक्रिय र प्रतिष्ठित सामुदायिक संस्था नेपाली क्लब साओ टियोटोनियोले आफ्नो बहुप्रतीक्षित फुटबल प्रतियोगिता “दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५” को लागि आधिकारिक मिडिया पार्टनरको रूपमा युरोपाटीलाई चयन गरेको छ । क्लबले एक “गौरवशाली घोषणा” जारी गर्दै यस महत्त्वपूर्ण साझेदारीको औपचारिक जानकारी दिएको हो […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको संसदले राष्ट्रियता कानूनमा महत्वपूर्ण संशोधनहरू अनुमोदन गरेको छ । लामो बहस र मतदानपछि पारित यी परिवर्तनहरूले पोर्चुगलको नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप कडा बनाएको छ । संसदमा भएको अन्तिम समग्र मतदानमा, विधेयकको पक्षमा १५७ मत र विपक्षमा ६४ मत परेको थियो । यो परिणाम दुई तिहाइ भन्दा बढीको बहुमत हो । […]

पोर्चुगल — नेपालिज टीभीडीई (TVDE) ग्रुप, पोर्चुगलको तेस्रो महाधिवेशन सन् २०२५ सेप्टेम्बर १६ मा सम्पन्न भएको छ । महाधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । महाधिवेशनमा आदिवासी जनजाति महासंघ, पोर्चुगलका अध्यक्ष चोककुमार थापा मगर प्रमुख अतिथि रहेका थिए भने अध्यक्ष आशिष लामाको संयोजकत्वमा कार्यक्रम सम्पन्न गरिएको थियो । नयाँ […]

लिस्बन —पोर्चुगाली संसद ‘Assembleia da República’ ले हिजो (शुक्रबार, २४ अक्टोबर २०२५) नागरिकता सम्बन्धी एक नयाँ र दूरगामी असर पार्ने विधेयकलाई अनुमोदन गरेको छ । यो नयाँ विधेयकले पोर्चुगाली नागरिकता प्राप्त गर्नका लागि आवश्यक न्यूनतम बसाइ अवधिलाई उल्लेखनीय रूपमा बढाएको छ, जसले पोर्तुगलमा रहेका हजारौं विदेशी नागरिकहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । के-के छन् नयाँ […]