Home Login

पोर्चुगल — पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि लागेको प्रतिबन्धको विषयमा फिफाले अन्तिम निर्णय गरेको छ । यो निर्णयसँगै रोनाल्डो अब २०२६ विश्वकपको मुख्य चरणको आफ्नो पहिलो खेल खेल्न पाउने भएका छन् । फिफाको अनुशासन समितिले ४० वर्षीय रोनाल्डोलाई सुरुमा ३ खेलको प्रतिबन्ध सुनाएको थियो । तर, यसमा महत्त्वपूर्ण सर्त राखिएको छ । ३ खेलमध्ये २ खेलको […]

पोर्चुगल — पोर्चुगलको यू-१७ राष्ट्रिय फुटबल टोलीले फिफा यू-१७ विश्वकप २०२५ को फाइनलमा स्थान बनाएर इतिहास रचेको छ । पोर्चुगलले आफ्नो पहिलो विश्वकप फाइनल यात्रामा बलियो प्रतिद्वन्द्वी ब्राजिल लाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गरेको हो । कतारको दोहामा भएको निकै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा पोर्चुगलले ब्राजिललाई स्तब्ध पार्दै फाइनलमा प्रवेश गर्‍यो । पोर्चुगल र ब्राजिलबीचको खेल […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगललगायत सिङ्गो युरोप महादेश अहिले महान् चाड क्रिसमसको रङमा रङ्गिन थालेको छ । नोभेम्बर महिनाको अन्त्यसँगै चिसो स्याँठ बढे पनि सहरका चोक, गल्ली र घरहरूमा बलेका रङ्गीचङ्गी बत्तीले न्यानो र उत्साहजनक वातावरण सिर्जना गरेका छन् । अङ्ग्रेजी पात्रो अनुसार डिसेम्बर २५ मा मनाइने येशू ख्रीष्टको जन्मदिनको लागि युरोपमा एक महिना अगाडिदेखि […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रले सन् २०२५ मा ऐतिहासिक सफलता हासिल गरेको छ । ‘बैंक अफ पोर्चुगल’ ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, यस वर्षको सेप्टेम्बरसम्ममा देशको पर्यटन राजस्व २३.५ अर्ब युरो भन्दा माथि पुगेको छ । पर्यटकीय सिजनको अन्त्यतिर पनि पोर्चुगलले विदेशी पर्यटकहरूबाट हुने आम्दानीमा वृद्धि कायम राखेको छ । […]

पोर्चुगल —  सञ्चालन समायोजन तथा पूर्वाधार निर्माण कार्यका कारण लिस्बनको काइस डो सोड्रे र अल्गेस बीचको रेल सेवा आज (शुक्रबार) देखि आइतबारसम्म प्रभावित हुने भएको छ । लिस्बन मेट्रो, सीपी–कम्बोइओस डे पोर्चुगल र इन्फ्रास्ट्रक्चर डे पोर्चुगलले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्माण कार्यका कारण सेवामा अवरोध आउने जानकारी गराएका हुन् । किन हुँदैछ अवरोध […]

पोर्चुगल — अजोर्सस्थित टेरसेरा टापुमा बिहीबार दुई घण्टाको छोटो अन्तरालमा तीनवटा भूकम्पका धक्का महसुस गरिएको छ । अजोर्स भूकम्पीय तथा ज्वालामुखी सूचना तथा निगरानी केन्द्र (CIVISA) का अनुसार, यी भूकम्पहरू जुन २०२२ देखि यस क्षेत्रमा जारी ‘भूकम्पीय-ज्वालामुखी संकट’ का हिस्सा हुन् । सान्ता बारबारा ज्वालामुखी क्षेत्रमा बढेको भूकम्पीय गतिविधिका कारण अधिकारीहरूले सतर्कताको स्तर पनि बढाएका […]

पोर्चुगल — पोर्चुगलको संसदले हालै नागरिकता कानूनमा कडा परिवर्तन गर्ने प्रस्ताव पारित गरेपछि आप्रवासी समुदायमा ठूलो हलचल मच्चिएको थियो । तर, सोसलिस्ट पार्टी (PS) को हस्तक्षेपपछि यो प्रक्रियामा “ब्रेक” लागेको छ, जसले हजारौं आप्रवासीलाई तत्कालका लागि राहत दिएको छ । अक्टोबर २८ मा संसदले अनुमोदन गरेको र नोभेम्बर १३ मा संवैधानिक अदालतमा पठाइएको यो कानूनको […]

वासिङ्टन डिसी — पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान तथा विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आज संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । ह्वाइट हाउसका ‘एमएसनाउ’ (MSNOW – पहिलेको MSNBC) संवाददाता जेक ट्रेलरले दिएको जानकारी अनुसार, यो भेटवार्ता आज वासिङ्टनमा हुने तय भएको छ । अमेरिकी प्रेसका अनुसार, यो भेट वासिङ्टनको […]

मोन्तिजो, पोर्चुगल — पोर्चुगलको मोन्तिजो शहरमा आइतबार दिउँसो एक रेस्टुरेन्टमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी दुई जनाको मृत्यु भएको छ । मृतकहरू ६० वर्षीय बुबा र उनका २२ वर्षीय छोरा रहेको पहिचान खुलेको छ । प्रहरीका अनुसार, घटनापछि संदिग्ध व्यक्ति घटनास्थलबाट भागेका छन् र उनको खोजी कार्य तीव्र पारिएको छ । यो डरलाग्दो घटना मोन्तिजोको […]

बर्लिन, जर्मनी —  नेपाली राजदूतावास बर्लिनले रोमानिया र पोल्याण्डमा सञ्चालित राहदानी घुम्ती शिविरमा आवेदन दिएर हालसम्म पनि राहदानी प्राप्त नगरेका आवेदकहरूलाई तुरुन्त सम्पर्क गर्न एक जरुरी सूचना जारी गरेको छ । दूतावासले राहदानी विभागसँगको समन्वयमा गत २०८१ चैतमा (मार्च/अप्रिल २०२५) दुई युरोपेली मुलुकमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन भएको […]