Home Login

फ्रान्स — बालबालिका तथा किशोरकिशोरीहरूमा सामाजिक सञ्जालको बढ्दो लत र यसबाट सिर्जना भएका मानसिक तथा सामाजिक समस्याहरूलाई मध्यनजर गर्दै युरोपेली संसदले ऐतिहासिक कदम चालेको छ । संसदले हालै युरोपेली संघ (इयु) का २७ वटा देशहरूमा लागू हुने गरी सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर हद र कडा नियमनको माग गर्ने प्रतिवेदन अत्यधिक बहुमतले पारित गरेको […]

ब्रसेल्स — युरोपेली आयोगले रूसी नागरिकहरूले गर्ने भिसा आवेदनहरूमाथि नयाँ, कडा प्रतिबन्धहरू लागू गर्ने एक कार्यान्वयन निर्णय जारी गरेको छ । नोभेम्बर ०७ देखि लागू भएको यो निर्णयसँगै रूसी नागरिकहरूका लागि बहु-प्रवेश शेन्जेन भिसा जारी गर्न पूर्ण रूपमा बन्द गरिएको छ । यसको अर्थ अब रूसी नागरिकहरूले युरोपेली संघ (ईयू) को प्रत्येक यात्राका लागि छुट्टाछुट्टै […]

पोर्चुगल — नोभेम्बर महिना सुरु भएसँगै पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा ‘ब्ल्याक फ्राइडे’ (Black Friday) को चर्चा र तयारी तीव्र रूपमा अगाडि बढेको छ । सपिङ मलहरूमा ठूला ‘SALE’ (छुट) का ब्यानरहरू देखिन थालेका छन् भने अनलाइन E-commerce (ई-कमर्स) वेबसाइटहरूले ‘अविश्वसनीय छुट’ को बाचा गर्दै ग्राहकहरूलाई आकर्षित गर्न थालिसकेका छन् । पछिल्ला केही वर्षदेखि नोभेम्बर […]

इटाली — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इटालीको नवौं अधिवेशन नोभेम्बर ९ तारिखका दिन इटालीको मिलान शहरमा सम्पन्न भएको छ । अधिवेशनमा नेपाली वाणिज्य दूतावास रोमका तर्फबाट वाणिज्य दूत पाओलो नुगारी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा एनआरएनए युरोप संयोजक प्रेम गुरुङ र एनआरएनए इटालीका संस्थापक अध्यक्ष डा. भिमबहादुर बम विशेष अतिथिको रूपमा […]

युरोप — नेपालमा विदेशी पर्यटकको अगामन ३ प्रतिशतले बढेको छ । गत बर्षको अक्टोबर महिनामा भन्दा यस बर्षको अक्टोबरमा नेपाल आउने विदेशी पर्यटकको संख्या ३.३ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको अक्टोबरमा कुल एक लाख २८ हजार ४४३ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अक्टोबरमा एक लाख २४ हजार […]

युरोपेली संघ (इयू) ले सामाजिक सञ्जालका दिग्गज कम्पनीहरू मेटा (फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी) र टिकटकलाई पारदर्शिता नियमहरू उल्लङ्घन गरेको आरोप लगाएको छ । यो कारबाही युरोपेली संघको डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत गरिएको अनुसन्धानपछि भएको हो । दोषी पाइएमा, दुवै कम्पनीहरूले अर्बौं डलरसम्म जरिवाना भोग्नुपर्ने हुन सक्छ । युरोपेली संघले २०२४ मा मेटा र […]

लिस्बन — पोर्चुगल सरकारले आफ्नो आप्रवासन नीतिमा ठूलो परिवर्तन गर्दै ‘काम खोज्ने भिसा’ (Work-seeking visa) का लागि लिइएका सबै अपोइन्टमेन्टहरू रद्द गर्ने घोषणा गरेको छ । यो निर्णय भोलि, अक्टोबर २३, २०२५ देखि तुरुन्तै लागू हुनेछ । राज्य तथा विदेश मन्त्रीको कार्यालयले आज जारी गरेको एक आधिकारिक विज्ञप्ति अनुसार, यो कदम नयाँ विदेशी कानूनको कार्यान्वयनसँगै […]

युरोपेली सांसदहरूले नाबालिकलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र इआइको सहयोगमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन् । युरोपेली संसदको आन्तरिक बजार तथा उपभोक्ता संरक्षण समितिले पारित गरेको प्रतिवेदनमा सांसदहरुले १३ वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकालाई अभिभावकको अनुमति बिना वा बिना सामाजिक सञ्जालमा पहुँच […]

स्पेन —  बेनिड्रोममा जेठ महिनामा भएको राहदानी घुम्ती शिविरमा बनेका राहदानी (पासपोर्ट) कोष्टाव्लाङ्कामा रहेका नेपालीले पाउने भएका छन् । नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सम्बन्धित व्यक्तिहरुबाट मञ्जुरीनामा पत्र र आवश्यक कागजात संकलन गरि एकैसाथ म्याड्रीड स्थित नेपाली राजदूतावासमा बुझाएको थियो । कार्यव्यस्तता र लामो दुरीको यात्रा गर्नुपर्ने भन्दै अधिकाँस नेपालीले बेनिड्रोमबाटै राहदानी वितरण गर्न […]

जसमान दर्नाल जिवन । क्रोएसिया — पछिल्लो समय नेपाली युवाहरूका लागि युरोप प्रवेश गर्ने प्रमुख ‘ट्रान्जिट पोइन्ट’ बनेको क्रोएसियामा रहेका करिब ३० हजार नेपाली यतिबेला गम्भीर संकटमा परेका छन् । आफ्नो राहदानी (पासपोर्ट) को म्याद सकिए पनि समयमै नवीकरण गर्न नपाउँदा उनीहरूको कानुनी अस्तित्व नै खतरामा परेको हो । नेपाल सरकारको प्रतिनिधि संस्थाका रूपमा रहेको […]