Home Login

पोर्चुगल — पोर्चुगलको संसदले आज सन् २०२६ का लागि सरकारले प्रस्तुत गरेको राज्य बजेट (State Budget – OE2026) पारित गरेको छ । लामो बहस र रस्साकस्सीपछि प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको नेतृत्वमा रहेको मध्य-दक्षिणपन्थी सरकारले आफ्नो दोस्रो बजेट पास गराउन सफल भएको हो । बजेट पारित हुने/नहुने विषयमा अन्तिम समयसम्म पनि राजनीतिक वृत्तमा चासोको विषय बनेको थियो […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलले आफ्नो नागरिकता कानूनमा महत्त्वपूर्ण र कडा परिमार्जन गरेको छ । संसदबाट पारित भएको उक्त संशोधित नागरिकता विधेयकलाई अन्तिम स्वीकृतिका लागि राष्ट्रपति मार्सेलो रेबेलो दे साउजा समक्ष बेलें प्यालेस (राष्ट्रपति कार्यालय) पठाइएको छ । नयाँ कानूनले विदेशीहरूका लागि नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप जटिल बनाउने र गम्भीर अपराधमा दोषी ठहरिएकाहरूको नागरिकता […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले नर्वेमा बसेका नेपालीहरूसँग भेट्दै देशको समृद्धि र विकासका लागि देश–बिदेशमा रहेका नेपालीबीचको एकता र सामूहिक प्रयास अनिवार्य रहेको बताइन् । नर्वेमा आयोजित कार्यक्रममा उनले भनिन्, “बिदेशमा बसेर मात्र केही हुँदैन, यहाँको संगठन, सामर्थ्य र एकताको बलले नै देश बन्ने हो। देश बन्दै गर्दा अबको १५–२० वर्षमा हामीले […]

लिस्बन — पोर्चुगल सरकारले आफ्नो विश्वव्यापी कूटनीतिक सञ्जाल विस्तार गर्ने महत्वपूर्ण योजना अघि सारेको छ । राज्य तथा विदेश मामिला मन्त्री पाउलो रङ्गेलले भियतनाममा पोर्चुगिज दूतावास ‘अब खुल्नेछ’ भनी घोषणा गर्नुभएको छ । सन् २०२६ को राज्य बजेट (OE2026) सम्बन्धी संयुक्त संसदीय सुनुवाइको क्रममा बोल्दै मन्त्री रङ्गेलले भन्नुभयो, ‘द्विपक्षीय कूटनीतिको सन्दर्भमा, हामी यसलाई स्पष्ट रूपमा […]

युरोप — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा पूर्व सांसद सोबिता गौतम युरोप भ्रमणमा जाने भएकी छिन् । उनी आगामी नोभेम्बर २ देखि १२ तारिखसम्म युरोपका विभिन्न देशहरूको भ्रमणमा निस्कन लागेकी हुन् । यो भ्रमण उनको “युरोप भ्रमण २०२५” अभियानको हिस्सा रहेको बताइएको छ । भ्रमणका क्रममा उनले युरोपका विभिन्न देशमा बसोबास गर्ने […]

सरकारले फिर्ता गरिएका देशमा तत्कालै राजदूत नियुक्त नगर्ने भएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने बताएका छन् ।  अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन […]

नेदरल्याण्ड्स —  बेल्जियम अधिराज्यका लागि नेपाली राजदूत सेवा लम्सालले बुधबार नेदरल्याण्ड्स अधिराज्यका महामहिम राजा विलेम-अलेक्जेन्डरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । उहाँ नेदरल्याण्ड्सका लागि गैर-आवासीय नेपाली राजदूत हुनुहुन्छ । हेगस्थित ऐतिहासिक नुरडेइन्डे राजदरबारमा आयोजित एक भव्य तथा विशेष समारोहका बीच राजदूत लम्सालले महामहिम राजासमक्ष उक्त ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । प्रमाणपत्र प्रस्तुती समारोह […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको संसदले राष्ट्रियता कानूनमा महत्वपूर्ण संशोधनहरू अनुमोदन गरेको छ । लामो बहस र मतदानपछि पारित यी परिवर्तनहरूले पोर्चुगलको नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप कडा बनाएको छ । संसदमा भएको अन्तिम समग्र मतदानमा, विधेयकको पक्षमा १५७ मत र विपक्षमा ६४ मत परेको थियो । यो परिणाम दुई तिहाइ भन्दा बढीको बहुमत हो । […]

लिस्बन —पोर्चुगाली संसद ‘Assembleia da República’ ले हिजो (शुक्रबार, २४ अक्टोबर २०२५) नागरिकता सम्बन्धी एक नयाँ र दूरगामी असर पार्ने विधेयकलाई अनुमोदन गरेको छ । यो नयाँ विधेयकले पोर्चुगाली नागरिकता प्राप्त गर्नका लागि आवश्यक न्यूनतम बसाइ अवधिलाई उल्लेखनीय रूपमा बढाएको छ, जसले पोर्तुगलमा रहेका हजारौं विदेशी नागरिकहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । के-के छन् नयाँ […]

पोर्चुगल — पोर्चुगलको संसद्ले सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । अति दक्षिणपन्थी चेगा पार्टीले प्रस्ताव गरेको विधेयकलाई संसद्ले अनुमोदन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यो विधेयकले मुस्लिम महिलाहरूले लगाउने बुर्का र निकाबलाई प्रभावकारी रूपमा लक्षित गरेको छ । विधेयक अन्तर्गत सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का लगाउनेलाई […]