Home Login

रासस — राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड क्षेत्रीय समितिको पहिलो बैठक १५ जुनका दिन संयोजक जगन्नाथ (गोकर्ण) भुसालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले संगठनमा आवद्ध हुन धेरै इच्छुक भएको निष्कर्षसहित सबैलाई समेट्ने गरि सल्लाहकार र विभिन्न उपसमिति बनाउने निर्णय गरेको छ । बैठकले सदस्यता विस्तारलाई पनि तीव्रता दिने भएको […]

स्पेन — प्रधानमन्त्री केपी शर्मा ओली असारको दोस्रो साता युरोप भ्रमणमा आउने भएका छन् । युरोपको स्पेन भ्रमणमा फर्किएलगत्तै भारत भ्रमणमा जाने चर्चा छ । तर, अहिलेसम्म दुवै पक्ष नेपाल र भारतबाट भ्रमणको तयारीबारे आधिकारिक सूचना प्रवाह गरिएको छैन । यही असार १५ गते स्पेनको सेभिल्ला सहरमा हुने कार्यक्रममा भाग लिनको लागि प्रधानमन्त्री त्यसतर्फ जाने […]

बेलायत — प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको स्पष्ट पारेका छन् । पोखरेलले राष्ट्रलाई बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रियताविरोधी शक्ति एमालेविरुद्ध लागेको स्पष्ट गरे । बेलायत भ्रमणमा रहेका पोखरेलले पार्टीनिकट प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै […]

साइप्रस — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साइप्रस आइपुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनी आइतबार साइप्रस आइपुगेको जानकारी गराएका हुन् । उनी साइप्रसपछि क्यानाडा र क्रोएसियाको भ्रमण गर्ने तयारी गरेका छन् । उनी साइप्रस गणराज्यका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेसको निम्तामो १५ जुनदेखि १६ सम्म साइप्रसको भ्रमणमा हुनेछन् । भारतीय अधिकारीहरुको भनाइ उधृत […]

काठमाडौँ — युरोपेली संघ (EU) ले हालै नेपाललाई “उच्च जोखिमयुक्त तेस्रो देश” (High-risk third country) को सूचीमा समावेश गरेको छ। यो निर्णय वित्तीय अपराध, विशेष गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न नेपालले देखाएको कमजोरीका कारण आएको हो। यस वर्गीकरणको मुख्य आधार वित्तीय कारबाही कार्यदल (FATF) ले […]

लण्डन —  एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौं अधिवेशन उद्घाटन गर्न बेलायत आउने भएका छन्। युरोप हुँदै १२ जुन बेलायत आउन लागेका पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन्। अधिवेशनमा एमाले युरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तरराष्ट्रिय मंचका अध्यक्ष संजय थापा, प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटी […]

इन्दिरा चाम्लिङ काजाब्लांका क्यासेल्लो, बेल्जियम – नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको १३औं अधिवेशन २०२५ जुन १ तारिखका दिन बेल्जियमको लुभेन शहरमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले संगठनको विधान संशोधन गर्दै कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ र त्यसअनुसार तमु राष्ट्रीय मुक्ति मोर्र्चा युरोप इन्चार्ज समेत रहेका मनिष गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत […]

रासस — नेपाली जनसम्पर्क समिति, बेलायतले ‘सभापति कप’ नामक प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिवार नमस्ते गोर्खा, फेल्थाममा सम्पन्न कार्यसमिति बैठकले समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फारम वितरण सुरु गर्ने निर्णय समेत गरेको […]

साइप्रस — राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्सले मंगलबार राष्ट्रपति भवनमा बेलायत-साइप्रस अन्तर-संसदीय समूहका सदस्यहरूसँग भेट गरेका छन् । उक्त भेटले साइप्रस र संयुक्त अधिराज्य बीचको सुदृढ सम्बन्धलाई अझै बलियो बनाउने आशा गरेको छ । सरकारका प्रवक्ता कोन्स्टान्टिनोस लेटिम्बियोटिसले उक्त भेटघाट ‘रचनात्मक र गहन’ भएको बताएका छन् ।  जसमा २०२६ को पहिलो आधामा EU-UK सम्बन्ध, साइप्रस समस्या र […]

साइप्रस — साइप्रसका लागि बेलायती सर्वदलीय संसदीय समूह (एपीपीजी) को प्रतिनिधिमण्डल मे २९ सम्म साइप्रसमा रहने भएका छन् । प्रतिनिधिमण्डललाई मंगलबार राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्सले स्वागत स्वागत गर्ने भएका छन् र स्वागत गरेसँगै सदनको भ्रमण समेत गर्ने समय तालिका रहेको छ । सदनको भ्रमण पछि विदेश तथा युरोपेली मामिला समितिसँग भेट गर्ने तालिका रहेको हो । […]