Home Login

लन्डन — बेलायतको स्कटल्याण्डमा आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ । हिथ्रो विमानस्थलमा बिहीबार बिहान माया इभेन्टसका निर्देशक राज पाण्डे लगायतले खेलाडीलाई स्वागत गरेका थिए । परिक्षा भएका कारण कप्तान रोहित पौडेल भने १७ तारिख मात्र बेलायत आइपुग्ने पाण्डेले बताए । माया इभेन्टसले शनिबार खेलाडीको सहयोगार्थ […]

लन्डन —  बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, […]

बेलायत — पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनी सभाकी सांसद गीता गुरूङ बेलायत आएको बताइएको छ । समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पत्रमा लेखेकी छन् । गीता अब बेलायतमै बस्ने […]

काठमाडौ —  नेपालका विभिन्न जिल्लामा उपलब्ध कृषि उपजहरुलाई संकलन गरेर किसानलाई उचित मूल्य दिई उपभोक्तालाई समेत सस्तो मूल्यमा कृषि उपज विक्री गर्ने उद्देश्यले किसान रैथाने मार्ट संचालनमा आएको छ। काठमाडौं पशुपति-गौरीघाट गुहेश्वरी पुल अगाडि संचालनमा आएको किसान रैथाने मार्टले कृषि बजारमा विभिन्न खालका व्यवसायमैत्री हुन प्रविधिका सामाग्रीहरु तथा विभिन्न जिल्लामा उत्पादित किसानका उत्पादनहरु समेत मज्जाले […]

काठमाडौं — सरकारले अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी प्रदान गरेको छ ।  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलाई न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।  यस्तै मलेसियाका लागि नेपाली राजदूत डा नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाई दारुसलामका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको […]

इटाली । इटालियन क्लब इन्टर मिलानले स्पेनिश जायन्ट बार्सिलोनालाई हराउँदै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४-३ गोल अन्तरले पराजित गर्दै समग्रमा ७-६ को अग्रता कायम गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेग ३३गोलको बराबरीमा रोकिएको थियो । मिलानको सान सिरो रंगशालामा भएको […]

पोर्चुगल — क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानोलाई मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताको सातौं संस्करणमा प्रतिस्पर्धा गर्ने अन्डर-१५ टोलीमा बोलाइएको छ । १४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबा रोनाल्डोसँगै साउदी अरेबियाको अल-नासरको युथ टोलीका लागि खेल्दै आइरहेका छन् । रोनाल्डोका पूर्व क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसको उमेर समूहको टोलीबाट जुनियरले खेलेका […]

इजरायल — संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले माल्टाको अन्तर्राष्ट्रिय जल क्षेत्रमा गाजा जाने मानवीय सहायता जहाजमा भएको रिपोर्ट गरिएको ड्रोन आक्रमणको स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेको छ । इजरायललाई गाजामा लामो समयदेखिको नाकाबन्दी हटाउन आह्वान समेत गरेको छ । फ्रिडम फ्लोटिला गठबन्धनद्वारा आयोजित र कन्साइन्स नामक जहाजलाई शुक्रबार बिहान गाजामा मानवीय आपूर्ति बोकेर जाँदा ड्रोनद्वारा […]

शेरबहादुर परियार (पोल्यान्ड) नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रमेश खतिवडाको प्रमुख आतिथ्यमा जुम अनलाइन प्रविधिमार्फत युरोप शाखाले कार्यक्रम गरेको हो । सचिव खतिवडाले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै युरोप शाखाले यस्ता कार्यक्रम नियमित गर्दे आएकोमा खुसी […]

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको छ । समितिले वैशाख १५ गते महाधिवेशनमा भाग लिन योग्य ठहरिएका ६२५ जनाको नामावली सार्वजनिक गरेको हो । थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशन गरिने समितिले जनाएको छ । वैशाख २० देखि २२ सम्म काठमाडौँमा […]